समाचार

प्रहरी हिरासतमा रहेका टेलिभिजन पत्रकार रवि लामिछानेले आफ्नो समर्थनमा भइरहेको प्रदर्शनमा घुसपैठ हुन सक्ने भन्दै सचत रहन आन्दोलनकारीलाई आग्रह गरेका छन् ।

चितवन– प्रहरी हिरासतमा रहेका टेलिभिजन पत्रकार रवि लामिछानेले आफ्नो समर्थनमा भइरहेको प्रदर्शनमा घुसपैठ हुन सक्ने भन्दै सचत रहन आन्दोलनकारीलाई आग्रह गरेका छन् ।

केही अराजक तत्व भीडमा मिसिएर प्रहरीमाथि ढुंगा प्रहार गरेर आन्दोलनलाई बदनाम गराउन उद्यत हुने भन्दै लामिछानेले सचेत रहन आह्वान गरेका हुन् ।

चितवन प्रहरीको हिरासतमा रहेका लामिछानेलाई भेट्न पुगेका सामाजिक अभियन्ता रमेश प्रसाईमार्फत आन्दोलनकारीलाई सम्बोधन गर्दै लामिछानेले आफ्नो र न्यायको पक्षमा भइरहेको आन्दोलनमा सहभागी कसैलाई पनि घाउ चोट लाग्ने अवस्था बन्न नहुने बताए ।

लामिछानेलाई उदृत गर्दै प्रसाइले भने,‘रवि दाइले भन्नु भयो मेरो पक्षमा न्यायको पक्षमा भइरहेको यो आन्दोलनमा एक जनालाई पनि घाउ चोट नलागोस् । यदी एक जनापनि घाउ चोट लागेर घाइते भएछन् भने, एक जनाको पनि अमूल्य जीवन गएछ भने हिरासतमा बसेको भन्दा बढी पीडा हुन्छ ।’

आफूलाई प्रहरी हिरासतमा बस्नुको पीडा भन्दा टेलिभिजन कार्यक्रममा रोकिएका विषयको चिन्ता बढी भएको उनले बताएको प्रसाइले शनिवार भरतपुरमा आयोजित कार्यक्रममा सुनाए ।

रविले प्रसाईसँग भने,‘मलाई जेलमा राखिरहँदा कतिले कतिलाई ठगिसके कतिले कतिको पैसा खाइसके । म एक मात्र जेलमा परेको छैन जनताको आशा सिधा कुरा पनि जेल परेको छ ।’

लामिछानेले आन्दोलनलाई कसैले पनि आफ्नो फाइदामा प्रयोग नगरोस् भन्नका लागि आफ्ना समर्थकहरु सचेत रहनुपर्ने बताएको प्रशाइले भने ।

आन्दोलनमा कुनै राजनीतिक पार्टीको झण्डा प्रयोग नगर्न उनले सबैमा आह्वन गरे ।

Related Articles

Back to top button
Close