समाचार

रविलाई लामिछानेलाई थुनामा कसरी राखिएको छ ? एकाबिहानै आयो सनसनीपूर्ण खबर, प्रहरीले समेत यस्तो बतायो

प्रहरीले केही दिन अघि पत्रकार शा*लिकराम पु*डासैनीको आ*त्म ह*त्या प्रकरणमा संलग्न रहेको अशंका न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, युवराज कँडेल, र ओखलढुङ्गाकी अस्मिता कार्कीलाई म्याद थप गर्न जिल्ला अदालत उपस्थित गराएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रवि लामिछानेका समर्थकले प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई पछाडीको गेटबाट अदालतमा उपस्थित गराएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरु तीनै जनालाई पछाडीको गेटबाट अदालत लगिएको जनाएको छ।

लामिछाने र कँडेल बिहीबार साँझ न्यूज २४ टेलिभिजनको कार्यालयबाट प*क्राउ परेका हुन् भने कार्की कलंकीबाट प*क्राउ परेकी हुन् । तीनै जनालाई बिहीबार नै काठमाडौंबाट प*क्राउ गरेर चितवन लगिएको थियो ।

प्रहरी स्रोतका अनुसार लामिछानेले सञ्चालन गर्ने कार्यक्रम ‘सीधा कुरा जनतासँग’ मा अनुसन्धान प्रभावित हुने गरी विषयवस्तु तयार भएको सूचना पाएपछि प*क्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लामिछाने, कँडेल र कार्कीलाई अदालतबाट म्याद थप गरेर पत्रकार पु*डासैनीको आ*त्म ह*त्या प्रकरणबारे थप अनुसन्धान हुने बताइएको छ ।

रविलाई शुक्रबार साँझ संचार गृहभित्र बाटै प*क्राउ गरेपछि संचार संयन्त्र तथा नेपाल पत्रकार महासंघ लगाएतले बिरोध जनाएका थिए |उनलाई आफ्नो कार्यक्रम प्रस्तुत गर्न नदिई प*क्राउ गरिएको थियो | सुक्रबार बिहान रविलाई अदालत दाखेल गरेपछि पाँच दिनको म्याद थप गरिएको छ | उनि अहिले प्रहरी हि*रासतमा छन् | उनलाई उक्त हि*रासतमा के कसरी राखिएको छ भन्ने बारेमा पुरा जानकारी आइसकेको छैन यद्दपी उनलाई अन्य अ*पराधी सरह राखिएको भन्ने हल्ला भने बाहिरबाट भैरहेका छन् तथापी ठ्याक्कै भन्न मिल्ने अवस्था भने यतिबेला छैन |

Related Articles

Back to top button
Close