समाचार

यी कम्युनिष्ट मन्त्रीले गोदावरीमा ६० रोपनी जग्गा किनेको खुलासा, ओली र प्रचण्डलाई समेत लाग्यो आरोप

काठमाडौं– नेकपाका नेता तथा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीले गोदावरीमा ६० रोपनी जग्गा किनेको विषय चर्चामा आएको छ । पाली सेनाका पूर्वजर्नेल प्रेमसिंह बस्न्यातले वर्षमान पुन अर्थमन्त्री हुँदा गोदावरी जाने बाटोको दाहिनेपट्टि ६० रोपनी जग्गा किनेको आफूले सुनेको बताएका छन् ।

एक युट्युब च्यानललाई दिएको अन्तरवार्तामा बस्नेतले पुनले अर्थमन्त्री हुँदा गोदावरीमा जग्गा किनेको बताएका छन् । पुनः २०६८ सालमा अर्थमन्त्री बनेका थिए । पुनमाथि ललितपुरको गोदावरी जानेबाट ६० रोपनी जग्गा किनेको आरोप लागेको हो ।

राष्ट्रिय सम्पत्तिको दुरुपयोग र दोहन गरेर नेताहरु अकूत सम्पत्तिको मालिक बनेका भन्दै बस्न्यातले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवासहित सबै राजनीतिक शीर्ष नेताहरुको सम्पत्तिको छानबिन गर्नुपर्ने बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको पनि सम्पत्ति छानबिन गर्नुपर्ने उनको भनाइ छ ।

Related Articles

Back to top button
Close