समाचार

रमेश प्रसाई पनि पुगे चितवन

काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ परेपछि उनका समर्थकले चितवनमा शक्ति केन्द्रित गरेका छन् । काठमाडौंमा पक्राउ परेका रवि लामिछाने लगायतलाई प्रहरीले चितवन लगेको छ । शुक्रवार अदालतमा पेश गरीएका उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई हदालतले अनुमति दिएको छ । अदालतको अनिमति पछि आक्रोशित भएका रविका समर्थकले अहिले चितवनमा शक्ति केन्द्रित गरेका हुन् ।

विभिन्न जिल्लाका उनका समर्थक अहिले चितवन पुग्ने क्रम जारी छ । आफुलाई रवि लामिछानेको समर्थक बताउने रमेश प्रसाई पनि चितवन पुगेका छन् । उनले आफु चितवनको कुन स्थानमा छु भन्ने कुरा भने खुलाएका छैनन् । सरकारलाई दवाव सिर्जना गर्न र रवि लामिछानेको पक्षमा जनमत जुटाउन आफु चितवन पुगेको उनले बताएका छन् । अदालतले पाँच दिन हिरासतमा राख्ने अनुमति दिएपछि सरकारलाई दवाव सिर्जना गर्न आफु पनि चितवन आइपुगेको उनले भिडियो मार्फत सार्वजनिक गरेका छन् ।

उनले रविलाई फसाउन षडयन्त्र भएको भन्दै रविका पक्षमा दवाव सिर्जना गर्न अरुलाई पनि आह्वान गरेका छन् । पत्रकार शालिकराम पुडाशैनीले आफुलाई देहत्याग गर्नेसम्मको अवस्थामा पुर्याउने भन्दै रवि लामिछाने लगायत तीन जनाको नाम लिएपछि प्रहरीले तिनजनालाई नै पक्राउ गरेर चितवन लगेको हो । रवि लगायतका तीन जनालाई नै चितवन लगेपछि उनका समर्थक पनि चितवन पुगेका छन् । शालिकरामको श्रीमती सम्झानाका अनुसार शालिकरामले आज आफु चितवनमा रिपोटिगंका लागि जाने र भोली फर्कने बताएका थिए । शालिकराम विहान करिब साढे ८ वजे घरवाट हिँडेको । टेलिभिजनका लागि रिपोर्ट बनाएको छैन, त्यसैले म जान्छु भोली फर्कन्छु भनेर आफुलाई सम्झाएर गएको शालिकरामको श्रीमतीले बताइन् ।

Related Articles

Back to top button
Close