समाचार

घरवाट हिड्दा श्रीमतीलाई यस्तो भनेर निस्केका थिए शालिकराम पुडाशैनी, सम्झनाले आफुलाई सम्हालन सकिनन् वेहोसीमै यस्तो भनिन्

काठमाडौं । पत्रकार शालिकराम पुडाशैनीको श्रीमती सम्झना पुडाशैनी अहिले सम्म आफ्ना पतिको शोकवाट बाहिर आउन सकेकी छैनन् । निकै वि क्षिप्त अवस्थामा रहेकी उनको श्रीमतीसंग पनि कुराकानी गर्न पुगेका युट्युव च्यानलका प्रस्तोतासंग उनले शालिकरामले आफुसंग अन्तिम पटक भनेको कुरा शेयर गरेकी छन् ।

शालिकरामको श्रीमतीका अनुसार उनले आज आफु चितवनमा रिपोटिगंका लागि जाने र भोली फर्कने बताएका थिए । परिवारका सदस्यले होटलमा भएको सिसिक्यामेरा बिग्रेको भन्नुमा होटल मालिक प्रति आशंका ब्यक्त गरेका छन् । बिग्रेको भएपनि तत्काल बनाउनुपर्ने होटलसंचालकको कर्तब्य हो शालिकरामका परिवारका सदस्यले भनेका छन् ।

उनीहरुले शालिकराम बसेको होटलमा अन्य जग्गा दलालको ठूलै समुह पनि बसेको थाहा पाएको तर त्यसका बारेमा होटल संचालकले जानकारी नदिएको कुरामा पनि आशंका ब्यक्त गरेका छन् । शालिकराम विहान करिब साढे ८ वजे घरवाट हिँडेको । टेलिभिजनका लागि रिपोर्ट बनाएको छैन, त्यसैले म जान्छु भोली फर्कन्छु भनेर आफुलाई सम्झाएर गएको शालिकरामको श्रीमतीले बताइन् ।

रवि लामिछानेलाई शुक्रवार अदालतवाट प्रहरीले म्याद थप गराएर आएपछि चितवनमा पत्रकार रवि लामिछाने समर्थक र प्रहरीबीच झडप भएको छ । अदालतले रविलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनका समर्थक झन आक्रोशित भएका छन् । शुक्रबार साँझ पत्रकार लामिछाने समर्थक भीडले जिल्ला प्रहरी कार्यालय चितवनमा ढुंगामुढा गरेपछि दुई पक्षबीच झडप भएको हो ।

शुक्रवार साँझ भएको झडपमा प्रहरीका असईसहित ५ जना घाइते भएका छन् । साँझ आएको ठूलो भीडले प्रहरी कार्यालयमा ढुंगा मुढा गरेपछि प्रहरीले केही राउन्ड अश्रुँ ग्यास प्रहार गरेको थियो । प्रहरीले अहिले स्थितिलाई नि यन्त्रणमा लिइसकेको छ ।

बिहीबार साँझ पत्रकार शालिकराम पुडासैनीको घटनाको विषयलाई लिएर टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई प्रहरीले प क्राउ गरेको थियो । लामिछाने प क्राउ परेपछि उनका समर्थकले शुक्रबार दिनभर चितवनमा विरोध प्रदर्शन गरेका छन् ।

Related Articles

Back to top button
Close