समाचार

रबि लामिछानेलाई प्रहरी क ब्जाबाटै उनका समर्थकले खोस्न खोजेपछि प्रहरीको भागाभाग, समर्थकलाई हात हल्लाउँदै प्रहरीको गाडीमा बसे रवि

काठमाडौं, ३२ साउन । चितवनमा पत्रकार रवि लामिछाने समर्थक र प्रहरीबीच झ डप भएको छ । शुक्रबार साँझ पत्रकार लामिछाने समर्थक भीडले जिल्ला प्रहरी कार्यालय चितवनमा ढुंगा मुढा गरेपछि दुई पक्षबीच झ डप भएको हो । त्यस अघि अदालत लैजान भन्दै पछाडीको बाटो प्रयोग गर्दै प्रहरीले भ्यानमा हाल्न लागेपछि रविका समर्थकले रविलाई खोस्न खोजेका थिए ।

प्रहरीको घेरावाटै रविका समर्थकले उनलाई खोस्न खोजेको भिडियोमा देख्न सकिन्छ । आफ्ना समर्थकलाई हात हल्लाउँदै प्रहरी गाडी तर्फ बढेका रविलाई गाडीमा चढ्नै लाग्दा उनका समर्थकले खोस्न खोजेका थिए । प्रहरी नियन्त्रणवाट खोज्न खोजेपछि प्रहरीले तत्काल अवरोध हटाएको थियो । गाडीको पछाडी अरु प्रहरी चढ्न नपाई गाडी अगाडी बढाए पछि प्रहरी गाडीको पछाडी दगुरेको देख्न सकिन्छ ।

शुक्रवार साँझ भएको झ डपमा प्रहरीका असईसहित ५ जना घाइते भएका छन् । साँझ आएको ठूलो भीडले प्रहरी कार्यालयमा ढुंगा मुढा गरेपछि प्रहरीले केही राउन्ड अश्रुँ ग्यास प्र हार गरेको थियो । प्रहरीले अहिले स्थितिलाई नियन्त्रणमा लिइसकेको छ ।

बिहीबार साँझ पत्रकार शालिकराम पुडासैनीको आ त्मह त्याको विषयलाई लिएर टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई प्रहरीले प क्राउ गरेको थियो । लामिछाने प क्राउ परेपछि उनका समर्थकले शुक्रबार दिनभर चितवनमा विरोध प्रदर्शन गरेका छन् ।

Related Articles

Back to top button
Close