मनोरंजन

जुम्ल्याहा दिदिबहिनी सँग शिव परियार

चर्चित लोकप्रिय गायक शिव परियारको स्वरमा नयाँ गीतहरु बजारमा आइरहेको छ, सुगम संगीतमा सर्वाधिक रुचाइने गायक मध्य एक हुन् शिव परियार । “क्या दामी भो” बोलको गीत गाएर दर्शक स्रोतामाझ रातारात परिचित बनेका उनै गायक परियारले अब आउने आफ्नो नयाँ गीतमा जुम्ल्याहा बहिनीलाई फिचर्ड गराएका छन् ।

१५ सेकेन्डमा आफू भित्र रहेको कला, प्रतिभालाई दर्शकसामु पुर्‍याउन मदत गर्दै आएको टिकटकबाट भाइरल बनेका जुम्ल्याहा दिदिबहिनी प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडा पछिल्लो समय मोडलिङमा निकै नै ब्यस्त छिन् । कलाकार तथा सञ्चारकर्मी शिशिर भण्डारीको ‘हाम्रो माया जिन्दावाद’ बोलको गीतबाट म्युजिक भिडियोमा डेव्यु गरेका दिदिबहिनीले प्रमोद खरेलको गीतमा पनि अभिनय गरिसकेका छन्,’ जस्मा नायक पल शाह पनि थिए ।

गायक शिव परियारको अब आउने नयाँ गीत “सुन्दर नयन” मा दिदिबहिनीले अभिनय गरेका छन् भने उनिहरुलाई मोडल सन्नि सिं ले साथ दिएको छ। सुदिप कोइरालाको प्रस्तुतिलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् ।

जुम्ल्याहा दिदिबहिनीले शिव परियारको अर्को गीतमा पनि अभिनय गर्ने अवसर पाएकाछन्, गीतको बोल हो “क्षतिपूर्ति” । यी दुई गीतहरु चाडै नै बजारमा आउने गायक परियारले जानकारी दिएकाछन् ।

Related Articles

Back to top button
Close