समाचार

यिनै हुन शालिकरामको प्रकरणमा तानिएकी अस्मिता कार्की !

काठमाडौ। माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आ*त्मह*त्या प्रकरणमा मुछिएका एकमात्र युवती अस्मिता कार्कीलाई प्रहरीले हिजो साँझा मात्र काठमाडौंबाट गिर*फ्तार गरी चितवन पुर्याइसकिएको छ । उनकाे तस्बीर अहलेसम्म सार्वजनिक हुन सकेकाे थिएन ।

उनकाे तस्बीर यहाँ राखिएकाे छ । उनलाई अहिले चितवन प्रहरी हिरासतमा राखिएकाे छ । स्रोतका अनुसार आ*त्मह*त्या गरिएको भनिएका पत्रकार पुडासैनीको भनेर हालै सार्वजनिक भएको भिडियो रेकर्डमा आ*त्मह*त्या गर्नुको पछाडि मुख्य कारकमध्ये कार्कीको नाम पनि मुछिएको थियो ।

आ*त्मह*त्या गराउन दुरुत्सहन गर्नेलाई पनि दोषी ठहर्याउने व्यवस्था ‘मुलुकी अपरा*ध संहिता ऐन २०७४’ले व्यवस्था गरिएको छ । याे कानून गत भदाैबाट लागू भएकाे हाे ।

पक्राउ गरिएका कार्की पेशाले नर्स रहेकी छन् भने उनको घर ओखलढुंगा हो । सार्वजनिक भिडियोमा ‘मलाई यो अवस्थामा पुर्याउनुमा रूकु भन्ने अस्मिता कार्की हो, उनी ओखलढुंगा रावादोलु हो । उनको नागरिकताको नाम रुकु कार्की हो । उ वीपी स्मृति अस्पतालमा काम गर्छिन्,’ उल्लेख छ । उक्त रावदोलु गाविस हाल खिजीदेम्बा गाउँपालिकामा गाभिएको छ ।

कार्की, पत्रकार रबि लामिछाने र युवराज कँडेललाई उनले ‘अपरा*धी’ हुन् भनेका छन् । तीनै जना मिलेर आफूलाई फसाउन खोजेपछि आफूले यो बाटो लिन विवश भएको कुरा रुँदै १२ मिनेट ३५ सेकेन्डको भिडियोमा भनिएको छ । ‘नेपालमा कानून छ भने रबि लामिछाने, अस्मिता भनिने रुकु कार्की र युवराज कँडेललाई कारवाही होस्’ भन्ने रेकर्ड पनि भिडियोमा पाइन्छ । भिडियोलाई आधार मान्ने हो भने तीनै जनामाथि दुरुत्सहन कसुर अभियोग लाग्ने सम्भावनालाई नकार्न सकिँदैन ।

भिडियो रकेर्डमा देशमा फाँसी दिने कानून थियो भने तीनै जनालाई फाँसी दिएर मात्र आफ्नो आत्माले सन्तुष्टी पाउने ‘विश्वास’ गरिएको छ । पक्राउ परेकी कार्की बीपी स्मृति अस्पतालमामा कार्यरत रहेको भिडियोमा सुनिन्छ ।

जो जतिसुकै नाम चलेको भएपनि कानूनको नजरमा दोषी देखिएपछि जोकोही पनि कानूनको दायरामा ल्याएरै छाड्ने चितवन प्रहरीको दाबी छ । पक्राउ परेको लामिछाने न्यूज २४ टेलिभिजनबाट प्रसारित ‘जनतासँग सिधा कुरा’ कार्यक्रमका प्रस्तोता हुन् ।

केहीबेर अघिमात्र तीनै जनालाई म्याद थपका लागि जिल्ला अदालत लगिएकाे छ । रबि लामिछानेका समर्थकहरुले भने लामिछाने निर्दाेष रहेकाे र रिहा गर्नपर्ने माग गर्दै जिल्ला प्रहरी कार्यालय, अदालत अगाडि प्रदर्शन गरिरहेका छन् ।

अनलाइनपानाबाट

Related Articles

Back to top button
Close