समाचार

प्रहरीले भेटन् नदिएपछि ‘मेरो छोरा भेट्न दे’ भन्दै यसरी प्रहरी कार्यालय अगाडी नारावाजीमा उत्रिइन् रवि लामिछानेको वृद्ध आमा

काठमाडौं, ३१ साउन । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई भेट्न पुगेकी लामिछानेकी आमालाई प्रहरीले छोरा भेट्न दिएन । छोरालाई चितवन पुर्याएको थाहा पाएपछि उनी प्रहरी कार्यालय पुगेकी थिइन् । छोरा रविलाई प्रहरी हि रासतमा भेट्न नदिए पछि आक्रोशित भएकी उनकी आमाले समेत प्रहरी कार्यालय अगाडी ना रावाजी गरेकी छन् ।

वृद्ध आमाले समेत ना रावाजी गर्न लागेपछि प्रहरी कार्यालय अगाडी जम्मा भएका रविका समर्थक झन आ क्रोशित भएका थिए । उनीहरुले आमालाई भेट्न दिनुपर्ने बताएका थिए । रविकी आमाले ‘छोरा भेट्न दे’ भन्दै ना रावाजी गरेपछि त्यहाँको माहोलनै अर्के भएको थियो । रवि सहित तीन जनालाई ५ दिन हि रासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले अनुमति दिएको छ । बिहीबार प्रहरीको निय न्त्रणमा आएका रविसहित सञ्चारकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई ५ दिन हिरा सतमा राख्न प्रहरीलाई अदालतले शुक्रबार अनुमति दिएको हो । प्रहरीले उनीहरुलाई शुक्रबार अदालतमा उपस्थित गराइएको थियो ।

चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले शुक्रबार पूर्वसहकर्मी सालिकराम पुडासैनीको देह त्यागमा दुरु त्साहन गरेको कसूरमा अनुसन्धानका लागि बिहीबारदेखि लागू हुने गरि ५ दिन हिरा सतमा राख्न अनुमति दिएको हो । रवि र युवराजलाई न्यूज २४ टेलिभिजनबाटै बिहीबार साँझ निय न्त्रणमा लिएको प्रहरीले बिहीबार दिउँसो कलंकीबाट अस्मिता कार्कीलाई गिर फ्तार गरेको थियो ।

Related Articles

Back to top button
Close