समाचार

रवि लामिछानेलाई पाँच दिन थु नामा राख्न अदालतले दियो आदेश

चितवन, ३१ साउन । पत्रकार शालिकाराम पुडासैनीको घ टनामा प क्राउ परेका पत्रकार रवि लामिछानेलाई पाँच दिन थु नामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ। विहिवार प क्राउ गरेर शुक्रबार दिउँसो जिल्ला अदालत लगिएका लामिछानेलाई अदालतले यस्तो आदेश दिएको हो । न्यायाधीश विनोद गौतमको एकल इजलासले रविसहित युवराज कडेँल र रुकु कार्कीलाई पाँच दिन थु नामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

बिहीबार दिउसो र साँझ गरी प क्राउ परेका तीनैजनालाई राति नै चितवन लगिएको थियो। शुक्रबार उनीहरुलाई अदालतमा उपस्थित गराइएको थियो। बिहीबार राति जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएका उनीहरुलाई जिल्ला अदालत चितवनमा लगिएको हो। रवि प क्राउ परेको थाहा पाएका उनका समर्थकले आज विहानै देखि जिल्ला प्रहरी कार्यालयमा घे राउ गरेका थिए । समर्थकको भिड धेरै भएपछि प्रहरीले रविलाई पछाडीको ढोकावाट अदालत भित्र लगेको थियो ।

चितवन प्रहरी र काठमाडौं प्रहरीको संयुक्त टोलीले बिहीबार साँझ पानीपोखरीस्थित न्युज २४ टेलिभिजनको कार्यालयबाट दुवै जनालाई प क्राउ गरेको हो । पुडासैनीले अस्मिता भनिने रुकु कार्की, लामिछाने र कँडेलले आफूलाई यस्तो निर्णय लिन बा ध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएको थियो। उक्त भिडियो पुडासैनीको मोबाइलमा फेला परेपछि प्रहरीले फरेन्सिक जाँच गर्दा भिडियो आफैं खिचेको पुष्टि भए पछि प्रहरीले निय न्त्रणमा लिएको हो ।

Related Articles

Back to top button
Close