समाचार

रवि लामिछानेलाई अर्को विप त्ती, अमेरिकावाट आयो यस्तो निर्देशन

काठमाडौं, ३१ साउन । पत्रकार शालिकराम पुडाशैनीको घ टनामा प क्राउ परेर पाँच दिनका लागि हि रासतमा रहेका पत्रकार रवि लामिछालाई फेरी अर्को वि पत्ती आएको छ । उनको अमेरिकामा रहेको घरको पनि किस्ता नतिरेका कारण घर खाली गर्न सूचना प्रकाशित भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रवार जिल्ला अदालतमा पेश गरे पछि उनलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । रवि लामिछाने सहित तीन जनालाई अदालतले पाँच दिन थुनामा राख्न अनुमति दिएको हो ।

‘सिधा कुरा जनतासँग’ नामक टेलिभिजन कार्यक्रममार्फत चर्चामा रहेका पत्रकार लामिछाने यसअघि पनि विभिन्न विवादमा फस्दै आएका छन् । उनको पारिवारिक विवादका कारण पनि उनी केही समय चर्चामा रहे । पत्नीसँगको डिभोर्सदेखि पत्रकारको पास लिन्न भन्ने विषयले सामाजिक सञ्जाल तातेको थियो । लामो समय अमेरिकामा बसोबास गरेर उतै घरजम गरेका लामिछाने नेपाल फर्किएर पुन पत्रकारितामा सक्रिय बनेका थिए ।

पत्नीसंगको सम्बन्ध विच्छेदको क्रममा अमेरिकाको घरको किस्ता र छोरीहरुको जिम्मेवारी आफैले लिने सम्झौता गरेका थिए । तर अहिले घरको किस्ता नबुझाएका कारण सूचना जारी भएको छ । उनले प्रेस काउन्सिलको नेतृत्व नालायकी भएको भन्दै पास लिन अस्विकार गरेका कारण पनि विवादित भएका थिए । लामिछानेले पत्नी इशासँग डिभोर्स गरि निकिता पौडेलसँग हालै विवाह गरेका छन् । ईशासँगको २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका लामिछानेले पत्नी इसासँग डिभोर्स गर्दा अमेरिकामा उनी बस्ने घर, उनीहरुको खर्चपानी, सन्तानको जिम्मा लिने कागजमा सही गरेका थिए ।

तर पूर्व पत्नीसँग डिभोर्स गर्दाको कागज बमोजिम घरको किस्ता र छोरीको कलेज फि नतिरेका कारण घर खाली गर्न जुन १० तारिखमा अमेरिकाको मेरिल्याण्डको कानून अनुसार सूचना जारी भएको थियो । जसमा लामिछानेले घरको किस्ता नतिरेका कारण तत्काल तिर्न भनिएको थियो । एक भन्दा बढी किस्ता नतिरेका कारण लामिछानेको घर लिलामिको खतरामा रहेको सूचनामा जनाइएको थियो । सम्झौता अनुसार एक भन्दा बढी किस्ता नतिरेका कराण तत्काल तिर्न सूचना जारी गरिएको थियो ।

Related Articles

Back to top button
Close