रवि लामिछाने हाईहाई भन्दै रिहाइको माग गर्दै समर्थकद्धारा प्रर्दशन
हरीले पक्राउ गरेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गरेको छन् । उनिहरुले नाराबाजी सहित प्रर्दशन गरेका हुन् । बाक्लो संङख्यामा लामिछानेका समर्थहरु उपस्थित भएका छन् ।
लामिछानेसंगै युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले प*क्राउ गरी चितवन ल्याएको छ । कडा सुरक्षाका विच उनिहरुलाई मध्यरात १ बजे चितवन ल्याइएको हो । उनिहरुको भरतपुर अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ । प्रहरी हिरासतमा उनिहरुलाई कार्यालयमा उपलब्ध स्रोत साधन दिएर राखेको चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले जानकारी दिनुभएको छ । आजै जिल्ला अदालतबाट म्याद थप गरी ल्याएपछि अनुसन्धान सुरु गरिने उहाँले बताउनुभयो ।
मकै खेतीमा कृषकको संलग्नता बढ्दो
बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । तीन वर्षदेखि सञ्चालन हुँदै आएको परियोजनाको शुरुआती चरणमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध कृषकले ३५० हेक्टरमा मकै खेती गरेका थिए ।
हाल ७७ कृषक समूहले ७२२ हेक्टर क्षेत्रफलमा मकै खेती गर्दै आएको परियोजना कर्मचारी यज्ञ रानाले जानकारी दिनुभयो । तीन वर्षको अवधिमा परियोजनाको कार्यक्रममा कृषक सहकारी, कृषक उद्यमी, जल उपभोक्ता र कृषक समूहका झण्डै दुई हजारभन्दा बढी कृषक आबद्ध भएका छन् । परियोजनाअन्तर्गत कृषकलाई आधुनिक उपकरणलगायत प्राविधिक सहयोग गरिँदै आएको छ ।
“पहिले गरिँदै आएको मकैखेती र अहिले परियोजनाले गरेकोमा धेरै भिन्नता छ, थोरै लगानीमा धेरै फाइदा लिन सकिएको छ”, डुडुवा गाउँपलिकाका रामप्रसाद यादवले भन्नुभयो । नेपालगञ्ज उपमहानगरपालिकाको सात वडा तथा डुडुवा गाउँपालिकाको चार वडालाई परियोजनाभित्र समेटिएको छ । परियोजना कार्यक्रमअन्तर्गत जिल्लाका कृषकले हिउँदे र वसन्ते मकैखेती गर्दै आएकामा गत आर्थिक वर्षदेखि बर्खे मकै खेतीका लागि पनि कृषक समूह छनोट गरिएको छ ।
“बाली, जलवायु र माटोको अनुकूलता तथा कृषकको मागका आधारमा बाँकेलाई मकै जोनका रुपमा छनोट गरिएको हो”, रानाले भन्नुभयो । बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन कार्यक्रमअन्तर्गत गत आवसम्म कृषकलाई कीटनाशक औषधि, बीउबिजन र विभिन्न कृषि उपकरणमा ५० देखि ८५ प्रतिशतसम्म अनुदान सहयोग गरिँदै आएकामा चालू आवदेखि सबै विषयमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको छ । परियोजनाका प्राविधिकले कृषकलाई मकैखेतीसम्बन्धी प्राविधिक ज्ञानको तालीम पनि दिँदै आएका छन् ।
गत वर्षको अनुदान सहयोगअन्तर्गत नेपालगञ्ज उपमहाननगरपालिका–१५ को विजय नर्सरी फार्म, वडा नम्बर २२ पुरैनीस्थित मौसमी कृषक समूह र डुडुवा गाउँपालिका–६ बल्दीपुरवाको कृषि सहकारी संस्थालाई करीब रु ७५ लाख बराबरको तीन थान ट्र्याक्टर, ट्रली, थ्रेसर, रोराबेटरलगायत सामग्री उपलब्ध गराइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मुलुकका सबै जिल्लामा सञ्चालनमा छ । जिल्लाको भूगोल, जलवायु, माटोको अवस्था, कृषकलगायत प्राविधिक पक्षको आँकलन गरी कुन जिल्लामा कुन बाली परियोजनाअन्तर्गत सिफारिस गर्ने भनेर तय हुने गरेको छ ।