समाचार

रबी म कसरी पत्याउ, तिमि अपराधी हौ भनेर ?

-नकुल ढकाल ‘नवीन’
साउदीको कोठीबाट

गुहार मागीरहेकी एउटि नेपाली चेलिको आशु पुछ्ने रबि

दलालको पन्जामा परेर लुटियको गाउले केटो

सेवाग्राहीलाइ टेबल मुनिबाट हात थापेर ठग्ने लुट्ने कर्मचारी

बिदेशी कम्पनीले तलब नदियर घर न घाटको बनायका नेपाली आमाका सपुतहरुलाइ उद्दार गर्ने रबि

राजदुत र दुताबासका कर्मचारिको लापर्बाहीको धज्जिया उडाउने रबी

आफ्नो ज्यान हत्केलामा राखेर अरुको ज्यानका लागी

चौबिसै घन्टा नसुती चिन्तन गर्ने रबी

म कसरी पत्याउ, तिमि अपराधी हौ भनेर ?

भन्ने ले भन्छन अमेरिका बस्न सकेन

फस्ने भयर फर्कियो भाग्यो

अमेरीका बस्न नसके क्यानाडा अस्ट्रीलिया जान्थेउ होला

फेरि आर्को जिबन सुरु गर्थेउ होला

आफ्नै जिन्दगी र आफ्नै खुशिमा रमाउथेउ होला

यो सतिले सरापेको देश किन फर्किन्थेउ ?

तिम्रो मुटुको कुनामा नेपालआमाको माया कहिँ कतै थियो र त

फेरि एहि देशमा आयर प्राण हत्केलामा राखेउ

म कसरी पत्याउ, तिमि अपराधी हौ भनेर ?

म कल्पना कसरी गरुँ

कसरी मन्दिरको देउता माथी अबिश्वास गरु

जस्लाइ करोडौले पुजिरहेछन

उहि अपराधी हो भनेर म कसरी निर्धक्क बोल्न सकुँ ?

म कसरी पत्याउ, तिमि अपराधी हौ भनेर ?

एउटा दियो बलेको थियो आशाको….

एउटा बिरुवा हुर्केको थियो सुन्दरताको…….

एउटा कर्म जन्मिरहेको थियो सिस्टमको…….

एउटा सपुत जन्मीरहेको थियो नेपालआमाको…..

निमोठीदिय ?

म कसरी पत्याउ, तिमि अपराधी हौ भनेर ?

रबी, तिमि साच्चै फसेउ वा उम्केर पनी कम्जोर भयौ

र बाटो बिरायौ भने अब कस्ले देला गुहार

ठगियका नेपालीलाइ ? अब कस्ले आसा जगाइदेला

तिम्रो मुहार हेरेर प्रतिक्षा गरिरहेका जनतालाइ

यति सम्म तिमि मन मनमा बसेका थियौ कि

म कसरी पत्याउ, तिमि अपराधी हौ भनेर ?

तर म एउटा कुरामा खुशी छु रबि

यदि तिमि हत्यारा नै साबित भयौ भने

काराघरमा सुरक्षित त रहन्छौ

यदि तिमि न्याय पायर छुट्यौ भने अब अपराधिको शिकार तिमि हुदैनौ भनेर

म कसरी बिश्वास गरु ? भन्दै छ दुनिया तिमिलाइ हत्यारा

तर रबी म कसरी पत्याउ, तिमि अपराधी हौ भनेर ?

Related Articles

Back to top button
Close