समाचार

आरोप प्रमाणित भए रवि लामिछानेसहित ३ जनालाई के हुन्छ सजाय ? [यस्तो छ कानुनी व्यवस्था]

पत्रकार शालिकराम पुडासैनीको आत्मह’त्या प्रकरणमा जोडिएका लामिछाने र युवराज कँडेल आज काठमाडौंबाट पक्राउ परे । यसअघि यही प्रकरणमा अस्मिता कार्की पक्राउ परेकी थिइन् । पक्राउ परेका उनीहरुलाई आजै काठमाडौंबाट चितवन लगिने प्रहरीले जनाएको छ । उनीहरुलाई बिहीबार राती नै चितवन लगिने छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ पुर्जी दिएर उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो । आत्मह’त्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । अहिले चर्चा सुरु भएको छ यदी भिडियोमा भनिएको जस्तै लामिछाने लगायतका व्यक्तिहरु दोषी भएमा सजाय के हुन्छ ?

विद्यमान कानुनअनुसार लामिछानेलाई २५ दिनसम्मको हिरा’सतमा राखी सरकारी वकिलमार्फत् मुद्दा अभियोजन गर्नुपर्ने हुन्छ । पत्रकार पुडासैनीले आत्मह’त्या गर्नुअघि रेकर्ड गरेको भनिएको भिडियोमा न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आत्मह’त्या गर्नुपरेको बताएका थिए । अभियोग प्रमाणित भएमा रवि लामिछानेसहित तीनै जनालाई ५ वर्षसम्मको जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

Related Articles

Back to top button
Close