केपी ओलीलाई विश्व स्वास्थ्य संगठनको रिपोर्टले खुइल्यायो, ओलीको दावी झुट सावित
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले केही महिता अघि घोषणा गरे काठमाडौंमा मास्क लगाउने दिन गए । उनले आफु नेतृत्वको सरकारको विरोध गर्न मात्रै मास्क लगाउने गरिएको दावी गरेका थिए । तर, करोडौंको गाडीमा हुइँकिने प्रधानमन्त्रीलाई के थाहा जनता धुलो धुँवाबाट कति प्रताडित छन् ।
विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड भन्दा पनि काठमाडौंको वायु प्रदुषण उच्च छ । यही अवस्थामा कांग्रेस युवा नेता नेता प्रदिप पौडेलले नेपालको संविधानको धारा ३० ले प्रत्याभूत गरेको हरेक नागरिकले स्वच्छ वातावरणमा बाच्न पाउने हक नेपालीले कहिले पाउने भन्ने प्रश्न उठाएका छन । उनले काठमाडौंमा वायु प्रदुषणको अवस्था विस्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड भन्दा अत्याधिक बढी भएको टिप्पणी गरेका छन ।
नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपालको संविधानको धारा ३० ले प्रत्याभूत गरेको हरेक नागरिकले स्वच्छ वातावरणमा बाच्न पाउने हक नेपालीले कहिले पाउने ? विगत केही वर्ष यता काठमाडौंको वायु को अवस्था जाडो महीनामा डब्ल्यु एच ओको मापदण्ड भन्दा ७–८ गुणा बढी र अन्य समयमा १ हप्ता पानी नपर्दा ३–४ गुणा बढी प्रदुषणयुक्त हुन्छ।
खोलानाला, खानेपानी, फोहोर ब्यवस्थापन आदिको हालत पनि उस्तै। यस्तो वातावरणीय सङ्कटग्रस्त अवस्थामा कर्मकाण्डी तरिकाले आउन लागेको वातावरण संरक्षण ऐनले अहिलेको समस्या समाधान गर्न सक्दैन साथै भोलिका दिनमा अझै समस्या बढ्दै जाने निश्चित छ।