समाचार

मध्यरातमा नेकपा प्रमुुख सचेतक ढकालको घरमा ब*म प्र*हार

प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा गए राति आ*क्रम*णको प्रयास भएको छ । प्रमुख सचेतक ढकालको घरमा अ*ज्ञात समूहले तीनवटा सिसामा म*ट्टितेल भरेर प्रहार गरेको र त्यसबाट उहाँ चढ्ने लु१प ४५६ नंको सरकारी गाडीको पछाडिको भाग ज*लेर क्ष*तिग्रस्त भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिनुभयो । राति करीब २ः३० बजेको समयमा मोटरसाइलमा आएको अ*ज्ञात समूहले उक्त आ*क्रम*ण गरेको उहाँले बताउनुभयो ।

 

नेता ढकाल ग*म्भीर बिरामी भई केही दिनदेखि काठमाडौँस्थित मेडिसिटी अस्पताल भर्ना हुनुभएको छ । सैनामैना–८ रामापुर कलौनीस्थित ढकालको घरमा पत्नी, बुबा–आमालगायत हुनुहुन्छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले नेता ढकालको घरमा राति अ*ज्ञात समूहले आ*क्रम*ण गरेको जानकारी दिनुभयो । अन्य विवरण आउन बाँकी रहेको प्रवक्ता भण्डारीले बताउनुभयो । रासस

Related Articles

Back to top button
Close