समाचार

आज देखि लगातार ३ दिन सार्बजनिक बिदा, यतो छ कारण

काठमाडौँ– यस महिनाको अन्तिममा लगातार ३ दिन विदा परेकाे छ । आज साउन ३० गते जनै पूर्णिमा तथा रक्षा बन्धन हाे । त्यसैगरी साउन ३१ गते शुक्रबार गाइजात्रा पर्व हाे । त्यसपछि महिनाकाे अन्तिम दिन शनिवार परेकाे हुनाले लगातार ३ दिन बिदा परेको हो ।

आज बिहीबार जनै पूर्णिमासँगै रक्षाबन्धन, क्वाटी खाने दिन र संस्कृत दिवस पनि परेका छन् । याे दिनलाइ काठमाडाैं उपत्यकासहित देशका विभिन्न ठाउँमा निकै महत्वका साथ मनाइन्छ ।

नेवार समुदायमा क्वाटी खाने दिनमा विशेष रुपमा मनाउने प्रचलन छ । सात थरि गेडागुडी मिलाएर बनाएकाे परिकारलाइ विशेष पुजा गरेर खाने चलन छ ।

शुक्रबार गाइजात्राकाे दिन भने उपत्यकामा सार्वजनिक विदा हुनेछ । गाइजात्राकाे विदा सरकारले वार्षिक विदामै उल्लेख गरेका कारण उपत्यकामा विदा हुनेछ । ३२ गते शनिवार पनि विदा हुने भएकाेले यसपटक लगातार विदा परेकाे हाे।

के छन् त क्वाँटीका फाइदा ?
क्वाँटी चना, मस्याङ, मुग, बोडी, मास, भटमास, सिमी, बकुल्ला, सानो केराउ, ठूलो केराउ आदि गेडागुडीका टुसा उमारेर बनाइन्छ । यसले थकित शरीरमा ऊर्जा संचार गर्छ भने चिसो पनि भगाउँछ ।

स्वास्थ्यका लागि फाइदाजनक क्वाँटीमा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, फोलिक एसिड, आइरन तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ । क्वाँटी शाकाहारी, गर्भवती महिला एवं बालबालिकादेखि बूढाबूढीसम्मका लागि उपयोगी छ ।

रेसादार खानेकुरा भएकाले यसले कब्जियत हटाउँछ अनि पाचनशक्तिमा सुधार ल्याउँछ । यसले मधुमेह नियन्त्रण राख्न सघाउ पुर्याउनुका साथै उच्च रक्तचाप नियन्त्रणमा समेत सहयोग गर्छ ।

रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । कोलस्टेरोल नियन्त्रण गर्छ । शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ । स्मरणशक्ति वृद्धि हुनुका साथै कुपोषण हटाउन पनि सहयोगी हुन्छ । रक्त संचार तथा स्नायुप्रणालीलाई फाइदा पुग्छ ।

बालबालिकाको वृद्धि–विकासमा समेत सहयोग पुर्‍याउने भएकाले क्वाँटीको महत्व बालबालिकादेखि वृद्धवृद्धासम्म सबैका लागि निकै महत्वपूर्ण रहेको छ ।

Related Articles

Back to top button
Close