स्वास्थ्य /जिबनशैली

नेपालका अस्पतालहरु रोग उत्पादन गर्ने थलो पनि हुन् !

अस्पतालमा उपचारकै क्रममा रोग थपिएर पीडा भोग्नुपरेका बिरामीको समस्याहरु सञ्चारमाध्ययमहरुमा आइरहन्छ । विभिन्न रोगको उपचारका लागि अस्पताल गएका बिरामीहरुलाई अस्पतालजन्य संक्रमण थपिदा उनीहरुको रोग निको हुनुको सट्टा झनै बढी हुने गर्छ ।

अस्पतालजन्य संक्रमणहरु नेपालका धेरैजस्तो अस्पतालहरुमा हुन्छ । तर पनि अस्पतालहरुले अस्पतालजन्य रोगको संक्रमण घटाउने प्रयास गरीएको देखिदैन । नेपालको धेरैजस्तो नाम चलेकै अस्पतालहरुमा अस्पतालको वातावरण राम्रोसँग निर्मुलिकरण नगरिएको विभिन्न अध्ययन अनुसन्धानहरुले देखाउछ । जसको कारण अस्पतालमा बिरामीलाई उपचार पछि स्वासथ्यकर्मीको निगरानीमा राख्ने वर्डा (पोस्ट अप वार्डमा) राख्दा विभिन्न माइक्रो–अर्गानिजमले संक्रमण गर्दछ ।

किन हुन्छ अस्पतालबाट सर्ने संक्रमण ?

अस्पतालहरुको सल्यक्रिया कक्ष, साधन उपचार कक्षमा डाक्टर तथा नर्सहरुले उपचारको लगि प्रयोग गर्ने उपकरणहरु पूर्ण रुपमा संक्राण मुक्त नभएमा वा अन्य संक्रमित बिरामी तथा बिरामीलाई भेट्न् आउने आफन्तहरुले बाहिरी वातावरणबाट आएको संक्रमित जीवाणुले संक्रमण हुन सक्छ । यसलाई मेडिकल भाषामा नोजोकोमियल इन्फेक्सन बिरामी अस्पतालमा भर्ना भए पछि अस्पतालकै वातावरण बाट संक्रमित रोग सर्नु भनिन्छ ।

सामान्यतय बिरामीलाई सर्जरी पछि वा स्वस्थकार्मीको प्रत्यक्ष निगरानीमा उपचार गर्नको लागि भर्ना गरेर राख्ने पोस्ट अप वार्डहरु लाई पूर्णरूपमा संक्रमण मुक्त बनाउनु पर्छ । त्यो प्रक्रियालाई मेडिकल भाषामा कम्पिट एस्टेरिलाइजेसन
भनिन्छ।

संक्रमण मुक्त पर्न विभिन्न किसिमको एस्टेरिलाजिङ्ग एजेन्टहरु प्रयोग गरिन्छ। तेस्तो खालको एजेन्टहरु प्रयोग गरि बिरामी राख्ने वार्डलाई प्रत्येक हप्तामा संक्रमण मुक्त गरि राख्नु पर्छ । तर, विडम्बना हाम्रो देशको प्रायः अस्पतालहरुले आफ्नो अस्पतालको वातावरणलाई कहिलेकाही बाहेक संक्रमण मुक्त गर्ने गरेको पाइँदैन ।

अस्पतालको वातावरणलाई संक्रमण मुक्त नबनाउँदा बिरामी संग भेटघाट गर्ने बाहिर आउने मान्छेबाट संक्रमित जीवणु सर्ने वा अस्पतालको आफ्नै वातावरणमा भएको जीवाणुहरुले संक्रमण हुने गर्छ । बाहिरबाट भन्दा अस्पतालजन्य जीवाणुले गरेको संक्रमण धेरै खतरनाक हुन्छ।

अस्पतालको वातावरणमा हुने प्राय जस्तो माइक्रोअर्गानिजमहरुले एन्टिबायोटिक प्रतिरोधात्मक बिकास गर्ने गर्छ। तिनीहरु प्राय जसो एन्टिबायोटिक प्रतिरोधात्मक खालको हुन्छ र औषधि (एन्टिबायोटिक) ले मार्न सक्दैन । एक किसिमको रोग लागेर भर्ना भएको बिरामीलाई सेकेन्डरी इन्फेक्सनबाट संक्रमित भइ मृत्यु समेत हुनसक्छ । यस्ता खाले संक्रमणको उपचार हुन सक्दैन ।

नेपालको मृत्युदर बढी हुनुकाे कारकमध्ये एक संक्रमित रोग पनि हो । अहिले पनि नेपालमा ४० प्रतिशात भन्दा बढी संक्रमित रोग रहेको सरकारी तथ्याङ्कले देखाउँछ । नेपालमा अहिले नसर्ने रोग संख्या उल्लेख्य रुपमा वृद्धि भइरहेको छ जस्ले गर्दा बिरामीको रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता ह्रास हुँदै जान्छ र सेकेन्डरी इन्फेकसन गराउछ ।

न्यूनीकरण कसरी गर्ने त ?

अस्पतालबाट सर्ने संक्रमित रोगहरुको न्यूनीकरण प्रभावकारी अनुगमन र प्रयोगशालाको परिक्षणबाट मात्रै गर्न सकिन्छ । तर यी सबै कार्य गर्ने दक्ष जनशक्ति कुनै पनि अस्पतालमा दरबन्दी राखिएको छैन ।यस्तो खालको कार्य गर्ने माइक्रोबायोलोजीस्ट क्लिनिकल र मेडिकलहरु नै हुन् ।

जति सक्दो चांडो सामान्य शल्यक्रिया हुने अस्पतालमा समेत माइक्रोबायोलोजीको प्रयोगशाला स्थापना गरि आवस्यक जनशक्ति ब्यवस्थापन गरिनु पर्छ। । तर यो क्षेत्रको पोख्त माइक्रोबायोलोजिस्टहरुलाई राज्यले व्यवस्थापन गर्न नसक्दा समग्र स्वास्थ्य क्षेत्रको गुणस्तरलाई नै असर गरिरहेका छन् ।

माइक्रोबायोलोजिस्टहरुले बिरामीको उपचारमा प्रयोग हुने औजार उपकरण, अस्पतालको वातावरण (बिरामी पोस्ट अप वर्ड) र साधन उपचार कक्ष र शल्यक्रिया कक्ष पूर्ण संक्रमण मुक्त छ कि छैन भनेर अनुगमन , अध्ययन गर्ने र त्यो संक्रमित जीवणु एन्टिबायोटिक प्रतिरोधि हो होईन भनेर प्रयोगशालामा परिक्षण गर्ने गर्छन् ।

यसरी प्राप्त गरेको नतिजाको आधार अस्पतालजन्य संक्रमणलाई न्यूनीकरण गर्न सकिन्छ । यसको मतलब अरु चिकित्सा क्षेत्रको जनशक्ति ले यो काम गर्नै सक्दैन भन्ने होइन । धेरै थोरै ज्ञान प्याथोलोजीर एमबीबीएस रबिडिसर मेडिकल ल्याब टेक्नोलोजीस्टसँग पनि हुन्छ । तर, पूर्ण रूपमा गर्न सकिँदैन ।

ऊनीहरु माइक्रोबायोलोजी भन्दा अरु नै बिधामा बढी ध्यान दिनु पर्छ। त्यसले गुणस्तरीय सेवाको लागी विभिन्न बिधागत जनशक्तिहरु स्वस्थ उपचारमा प्रयोग गर्नु पर्छ । यसरी हरेक क्षेत्रको महत्त्वलाई बुझेर अस्पतालमा छुट्टै प्रयोगशाला ब्यवस्थापन गर्न सकेउ भन्ने धेरै भन्दा धेरै जनताहरुले गुणस्तरीय स्वास्थ्य सेवाको अनुभव गर्न सकिन्थ्यो कि ?

जनशक्तिको व्यवस्थापनको समस्या

जथाभावी औषधि (एन्टिबायोटिक) दिदा वा पूर्ण परिमाणमा औषधि सेवन नगर्दा संक्रमक जीवणुहरुले प्रतिरोधात्मक क्षमताको बिकास गर्न सक्छ । यो अहिले विश्वमा नै मुख्य समस्याको रूपमा आइरहेको छ । त्यसैले सहि एन्टिबायोटिक सहि तरीकाले सेवन गर्न प्रयोगशालामा परिक्षण गर्नै पर्छ जस्लाई मेडिकल भाषामा एन्टिबायोटिक प्रभावकारीता अध्ययन भनिन्छ।

पंतिकारको बुझाइमा जनशक्ति अभाव होइन व्यवस्थापनको चाहीँ अभाव हो । अहिले नेपालमा तिन थरिको (मेडिकलर क्लिनिकलर एमडि) माइक्रोबायोलोजिस्ट जनशक्तिहरु उत्पादन भइरहेको छ ।

यी तीनमध्ये चिकित्सा शास्त्र अध्ययन संस्थानमा अध्ययनले न्यून संख्या क्लिनिकल र एमडी माइक्रोलोजिस्ट उत्पादन गर्छन् भने त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट मेडिकल माइक्रोबायोलोजिस्ट करिब १०० जना उत्पादन गर्दै आएको छ ।

हाल नेपालमा एमडी र क्लिनिकल माइक्रोबायोलोजिस्टले मात्रै स्वास्थ्य संस्थामा कार्य गर्न पाउने लाइसेन्स छ, जुन जनशक्ति कम संख्यामा छन् भने त्रिवि बिज्ञान तथा प्रबिधि अध्ययन संस्थानमा अध्ययन गरेको मेडिकल माइक्रोबायोलोजिस्टलाई नेपाल स्वास्थ्य व्यवसायी परिषदले नाम दर्ता प्रक्रिया रोकिदा स्वस्थ्य संस्थामा काम गर्नबाट बञ्चित छन।

त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा अध्ययन गरेका योग्य माइक्रोबायोलोजिस्टहरुले विगत लामो समय देखिनै विभिन्न आन्दोलन गर्दै नेपाल स्वस्थ्य व्यवसायी परिषदमा दर्ताको माग गरिरहेका छन् ।

आन्दोलनको दौरानमा केहि संख्यालाई २०६८ सालमा अस्थायी लाइसेन्स जारी गरिसकेको अवस्थामा समस्य समाधानको गठित कर्यादालले समेत लाइसेन्स जारी कुनै बाधा अड्चन नरहेको भनी प्रतिवेदन बुझाए पनि निश्चित स्वार्थ समूहको प्रलोभन परी नेपाल स्वास्थ्य व्यवसायी परिषद्‍ले कुनै काम कारबाही अगाडि बढाइएको छैन। जसलेगर्दा देशको दक्ष जनशक्ति ब्रेन ड्रैनको रुपमा रोजगारीको लागि बिदेश पलायन भइरहेका छन् भने देशमा आवश्यक जनशक्तिको अभाव परिरहेको छ।

समस्याको समाधान कसरी त ?

नेपालजस्तो सरुवा रोगको महामारी फैलिएर अकालमा ज्यान गुमाउनु पर्ने देशमा माइक्रोबायोलोजीको जनशक्ति नै खपत नहुनु लज्जाको बिषय हो । केही जनस्वास्थ्यकार्मी र प्रयोगशालाकार्मीहरुको व्यक्तिगत स्वार्थले गर्दा नेपाल सरकारको लगानीमा उत्पदित जनशक्तिलाई विभिन्न बहानामा बिदेश पलायन हुन दिनु हुँदैन ।

स्वस्थ्य उपचार एउटा चिकित्सकले मात्रै गरेर हुँदैन । त्यसमध्ये ल्याबेरोटरी मेडिसिन एउटा महत्त्वपूर्ण विभाग हो, जसअन्तर्गत माइक्रो बायोलोजी विभाग पनि पर्छ।

हाल देश भित्र रहेका कम्तिमा शल्यक्रिया हुनेदेखि सघन उपचार कक्ष भएको अस्पतालहरुमा एउटा छुट्टै माइक्रोबायोलोजीको प्रयोगशाला स्थापना गर्नु पर्छ र आवश्यक जनशक्ति ब्यवस्थापन गर्नु पर्छ ।

हाललाई त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा अध्यन गरेको जनशक्तिलाई प्रयोग गर्नु पर्छ । नेपाल सरकारको स्वास्थ्य तथा शिक्षा हेर्ने सम्बन्धित सरोकारवाला निकायहरु स्वास्थ्य मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय योजना अयोग्य, सम्बन्धित विश्वविद्यालय लगायतको उच्चस्तरीय समिति गठन गरी छलफलमार्फत देशमा आवश्यक जनशक्तिको उत्पादन र उत्पदित जनशक्तिको पदस्थापन गर्न विश्वबिद्यालयसँग समन्वय गर्नु पर्छ ।

राज्यको तर्फबाट प्रभावकारी अनुगमन गर्न सक्ने संयन्त्र स्थापना गरी, सीप र दक्षताको आधारमा देशमै उत्पादित जनशक्तिलाई प्रयोग गर्दै समग्र देशको स्वस्थ्य स्थितिलाई सुधार गर्दै जानु पर्छ । त्यसको लगि समय सपेक्षित पाठ्यक्रमहरु परिमार्जन गर्दै आवश्यक जनशक्ति तयार पर्न विश्वविद्यालयहरुलाई निर्देशन गर्नु पर्छ । आम जनमनासले विश्वसनीय र गुणस्तरीय महसुस गर्ने खालको स्वास्थ्य संस्थाहरु निर्माण गर्दै लैजानु आवश्यक छ। राज्यको कुनै पनि नागरिकले अकलमै ज्यान गुमाउनु नपरोस् । त्यसैले नागरिकको स्वास्थ्य प्रति राज्यका सम्बन्धि निकायहरु गम्भीर हुनु जरुरी छ ।

Related Articles

Back to top button
Close