समाचार

ओली र नेपाल बाझेपछि नेकपामा खैलाबैला, कार्यकर्तामा निराशा

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच विवाद भएको छ । वालुवाटारमा हालै बसेको पूर्व एमालेका शीर्ष नेताहरुको अनौपचारिक बैठकमा ओली र नेपालबीच विवाद भएको हो । बैठकले आफ्ना भागमा परेका विभाग र जनवर्गीय संगठनको इन्चार्जमा सहमति जुटाउने बताइएको थियो ।

तर, जनवर्गीय संगठनको इन्चार्जबारेमा छलफल भइरहँदाओली र नेपालबीचमा विवाद भएको बताइएको छ । सोही बिषयलाई लिएर केहीबेर बैठकमा चर्काचर्कीनै भयो । अन्य नेता भने मौन बसेका थिए ।

नेकपामा ३३ विभाग छन् । यस्तै २२ जनवर्गीय संगठनको इन्चार्ज पनि तोकिने छन् । जनवर्गीय संगठनका इन्चार्जमा पूर्व एमाले र पूर्व माओवादीबीच भागबन्डा भएको छ ।

यस्तै पूर्व एमालेको भागमा १८ र पूर्व माओवादीको भागमा १४ विभागको नेतृत्व गर्ने सहमति यसअघिनै भैसकेको छ । तर, स्कूल विभाग कस्को भागमा भन्नेबारे विवाद कायमै छ ।

Related Articles

Back to top button
Close