समाचार

सुनको भाउमा फेरि नयाँ कीर्तिमान, तोलाको ७१ हजार ५ सय रुपैयाँ

काठमाण्डौ – सुनको भाउ बिहीबार तोलामा १२ सय रुपैयाँ बढेको छ । सुन बिहीबार तोलाको ७१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो भाउ अहिलेसम्म कै महंगो हो । बुधबार तोलामा ७ सय रुपैयाँ घटेर सुन तोलाको ७० हजार ३ सय रुपैयाँमा झरेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बिहीबार प्रति औंस १५ सय २२ डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि महंगो भएको हो ।यस्तै, चाँदी पनि बिहीबार तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

बुधबारको तुलनामा बिहीबार सबै विदेशी मुद्राको भाउ घट्यो
बुधबारको तुलनामा बिहीबार सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी खरिददर ११३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३४ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५५ पैसा रहेको थियो ।

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा छ । हिजो पनि खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३० रुपैयाँ ५४ पैसा रहेको थियो ।

आज कतारी रियालको ३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २३ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा रहेको थियो।

बिहीबार यूएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा पुगेको छ। हिजो यसको खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३० रुपैयाँ १९ पैसा थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ १६ पैसा र बिक्रीदर २७ रुपैयाँ ३० पैसा छ । हिजो खरिददर २७ रुपैयाँ १५ पैसा र बिक्रीदर २७ रुपैयाँ २९ पैसा रहेको थियो ।

वन १ सयको खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ७५ पैसा छ । हिजो खरिददर ३७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ७४ पैसा रहेको थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ७० पैसा र बिक्रीदर ३०३ रुपैयाँ २९ पैसा रहेको छ। हिजो खरिददर ३०२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ८४ पैसा रहेको थियो ।

Related Articles

Back to top button
Close