मनोरंजन

आज देखि ‘हजार जुनि सम्म

काठमाडौं / यो हप्ता बिहीबार नै नयाँ नेपाली चलचित्र प्रदर्शनमा आउने भएको छ । जनैपुर्णिमाको अवसर पारेर चलचित्र ‘हजार जुनीसम्म’ बिहीबार नै रिलिज हुन लागेको हो । प्रदर्शनको पहिलो दिन चलचित्रले क्युएफएक्स अन्तर्गतका हलहरूमा १९ सो पाएको छ ।

नेपाली चलचित्रले क्युएफएक्समा यती सो पाउनु राम्रो मानिन्छ । जय नेपालमा १, छायाँ सेन्टरमा १, लाविम मलमा २, कुमारीमा २, सिभिल मलमा ४ सो दिइएको हो । यसै गरी पोखराको सिनेप्लेक्समा ३, नारायणघाटको जल्मामा ३ र बिर्तामोडको अन सेटमा ३ वटा सो उपलब्ध गराएको छ ।

यसै गरी राजधानीका बिग मुभिज, क्युज सिनेमाज र बिएसआर मुभिज गोङ्गबुमा फिल्मले दुई दुई सो पाएको छ भने एफक्यु चावाहिलले ३ सो दिएको छ । ‘हजार जुनीसम्म’ले बलिउडका दुई ठुला फिल्महरू मिसन मङ्गल र वाट्ला हाउसको सामना गर्नु पर्ने छ ।

मल्टिस्टारर यस चलचित्रको सार्वजनिक ट्रेलर र गीत सङ्गीतले एक किसिमको हाइप निर्माण भने गरेको छ । पहिलो दिनको कमाइले यस चलचित्रको यात्रा कहाँसम्म रहनेछ त्यो निर्धारण गर्नेछ ।

Related Articles

Back to top button
Close