समाचार

कतारमा पति ललित समुन्द्रमा डुबेपछि ५ महिनाकी गर्भवती टिका सँधैका लागी बिदा भइन् , परिवारमा रुवबासी

काठ्माण्डौं,कतारमा समुद्रमा डुबेर ललितको मृ*त्यु भएपछि पत्नि टीका लिम्बूले पिडा सहन नसकेर प्रा’ण त्यागेकी छिन् । गत आइतबार कतारमा पौडी खेल्ने क्रममा सामुद्रिक छालले बगाएर धनकुटाका ललित लिम्बुको मृत्यु भएको थियो त्यसको तेस्रो दिनमा उनकी श्रीमती टिकाले प्राण त्यागेको प्रहरीले जनाएको छ ।

ललितसँगै कतारमा नै रहेकी टिका नेपाल आएको १ महिनामा नै ललितको समुन्द्रमा डुबेर मृत्यु भएको हो । ललितको मृत्युको खबरले एक्कासी बेहोशी जस्तै बनेकी टिका ५ महिनाकी गर्भवती भएको बताइएको छ । नेपाल फर्किने तयारीमा रहेका ललित धनकुटा समाज कतारका पूर्व अध्यक्ष र अहिलेका प्रमुख सल्लाहकार भएर लामो समय काम गरेका अनुभवी ब्यक्ति थिए ।तिन दिनको अन्तरमा छोरा बुहारीको दुःखद मृत्युको खबरले परिवार ठूलो शोकमा परेको छ ।

(यो समाचार हामिले हिमालय दैनिक .कम बाट जस्ताको तस्तै साभार गरेका हौं)

Related Articles

Back to top button
Close