मनोरंजन

चर्चित मोडल रश्मी तामाङले थालिन यस्तो सामाजिक कार्य [स्थानीय हर्षित]

चर्चित मोडल रश्मी तामाङले थालिन यस्तो सामाजिक कार्य [स्थानीय हर्षित]

काठमाडौ । चर्चित मोडल रश्मी तामाङ सामाजिक कार्यमा लागेकी छिन् । पछिल्लो समय कलाकारहरु सामाजिक कार्यमा लाग्दै आइरहेका छन् । चर्चित हास्य कलाकार धुर्मुस–सुन्तली बस्ती निर्माण देखि लिएर रंगशाला निर्माणसम्म गर्न लागेका छन् । यस्तै श्वेता खड्का जसले चेपाङ बस्ति निर्माण गरिन् ।

कलाकार बाहेक अरु पनि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेका छन् । मोडल तामाङ म्यागङ्ग गाउँपालिका वडा नं. ६ मैवल स्थित रिगसाङ्ग लिङ्ग गुम्बा निर्माणमा लागेकी हुन् । झण्डै ३० देखि ४० लाख लागत रहेको गुम्बा निर्माणका लागि स्वदेश तथा विदेशबाट सहयोग आइरहेको छ । गुम्बा अध्यक्ष मान बहादुर तामाङ लगायत परिवारको भरपुर सहयोग रहेको उनले जानकारी दिईन ।

स्थानीय सरकार र नागरिकसँग सहकार्य गरेर अगाडी बढेको उनले जानकारी दिईन् । निर्माण अन्तिम चरणमा पुगेको भन्दै केही समयपछि सञ्चालनमा आउँने उनले जानकारी दिईन् । उनले आफ्नो यस अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् ।आर्थिक सहयोग गर्ने सबैको नाम उनले आफ्नो फेसबुक मार्फत सार्वजनिक गर्दै आएको पनि जानकारी दिईन् ।

Related Articles

Back to top button