समाचार

भिजिट नेपाल २०२० विशेषः पर्यटकले भनुन्– ‘वाउ नेपाल, ह्वाट अ कन्ट्री !’

हामी नेपाल भ्रमण बर्षको संघारमा छौं । अबको साढे ४ महिनामा २०२० लाग्छ । नेपाल भ्रमण बर्षको आलोचन होइन, तयारी राम्रो होस् भन्नका लागि केही खरो सुझाव दिन उपयुक्त लागेको छ । ढिला भइसक्यो, तैपनि धेरै अझै गर्न सकिन्छ ।

भिजिट नेपाल २०२० भनेर प्रचार–प्रसार त भइरहेको छ तर, नेपाल जस्तो सुन्दर देश किन जाने, अरु देश जानुको साटो नेपाल नै जाउ न त भनेर पर्यटको माइन्ड चेन्ज गराउन सक्ने कुराहरु के–के हुन त ?

एउटा विदेशी नेपाल किन आउने भन्ने कुराको सोलिड जवाफ हामीसँग हुन जरुरी छ । हाम्रो सुरक्षा व्यवस्था, प्रदुषण रहित, ट्राफिक जाम मुक्त सडक शहर, लगायतका पुर्वाधारहरु भइदिएको भए चर्को भिषा शुल्क लिएर देशको आम्दानी बढाउन सकिन्थ्यो ।

तर, पर्यटकको ढाड सेकेर आम्दानी गर्न हामीसँग पर्यटनका आधारभुत पूर्वाधार समेत छैनन् । यस्तो अवस्थामा हामीले यसपाली कमाउने भनेको राम्रो इम्प्रेशन नै हो । आफ्नो देश फर्केर गइसकेपछि ती पर्यटकले भनुन् वाउ नेपाल, ह्वाट अ कन्ट्री ! लाखाैं पर्यटकले नेपालको तारिफ गरे भने २०२० को प्रभावले त्यसपछिका बर्षहरुमा पर्यटकको संख्या दोब्बर, तेब्बर हुनसक्छ ।

हो, भुटान जाने पर्यटकले प्र्रत्येक दिन २५० डलर खर्च गर्नै पर्छ । भुटानले आफ्ना पर्यटकलाई प्रदान गर्ने सेवा हेरेरै त्यो पैसा अनिवार्य गरिएको हो । २ टुक्रा पाउरोटी, एक कप कफी र एक बोत्तल पानी बोकेर दिनभरी यत्रो मोटो किताब पढेर बस्ने पर्यटक त हुलका हुल आएपनि खासै फाइद हुँदैन, तर पुर्वाधार र सामान्य सेवा सुविधा नहुँदा तिनै पाउरोटी टाइपका पनि फर्केर नआउन सक्छन् ।

तिनले आफ्ना आफन्त साथीभाईलाई रेकमेण्ड गर्दैनन् । छिमेकका धार्मिक पर्यटकको त के कुरा गराई भो र । दाल चामल, तेल मसला, नुन चिनी सबका सब उतैबाट पोको पारेर ल्याउने चलन छ । नेपालमा त उहाँहरुले खाएको चिज फ्याक्ने मात्र हो ।

यहाँ सुको खर्च हुँदैन । यद्यपी अतिथि देव भवः । पर्यटक पर्यटक नै हुन्, छालाको रंग र खल्तीको आकार हेरेर विभेद गर्न त कुनै हालतमा पाइदैन । त्यसैले समय छँदै केही बिषयमा आकर्षक निर्णयहरु गर्न जरुरी देखिन्छ । धेरै अगाडि प्रधानमन्त्री ज्यूलाई सल्लाह दिएको थिए, विर्सनु भो होला, केही छैन सम्झाउँछु । नेपाल ओर्लने प्रत्येक जहाजमा प्रधानमन्त्रीको सन्देश राखाँै ।

उहाँले भन्नु प¥यो, ‘नेपालको प्रधानमन्त्रीको हैसियतले म तपाईलाई हाम्रो देशमा स्वागत गर्दछु । हामी विभिन्न राजनीतिक कालखण्डबाट गुज्रिएर, भर्खरै राजनीतिक परिर्वतन प्राप्त गरी त्यसलाई संस्थागत गर्ने मोडमा छाँै । यसर्थमा हामी तीव्र विकास निमार्णको गति लिन कम्मर कसिरहेका छाँै । त्यसो हुनाले तपाईले बाटो घाटोमा धुलो धुवाको सामना गर्नुपर्ने हुनसक्छ । हरेक पाइलामा सिस्टमले काम गर्ने मुलुकबाट आउनु भएका तपाईलाई हाम्रो सिष्टम देखेर आश्चार्य लाग्न सक्छ ।’

हामी भर्खरै त्यो अभ्यास गर्दैछांै । नेपाल भ्रमणका क्रममा तपाईहरुलाई यसपाली धेरै कठिनाइको समेत सामना गर्नुपर्ने हुनसक्छ । बढ्दै गरेको यो देशलाई यो भ्रमणमा विकशित मुलुकसँग तुलना नगरिदिनुहोला । बरु तपाइले सामना गर्नु परेको समस्याहरु सोझै मलाई यो इमेल मार्फत जानकारी गराई नेपाल निर्माणमा सहयोगी भूमिका निर्वाह गरिदिनुहोला ।

तपाई र तपाईका आफन्त अर्को पटक आउँदासम्म हामी निकै सुधारिएका हुनेछौं । प्राकृतिक सुन्दरताकाो खानी यो देशमा तपाईलाई स्वागत गर्दछु । नेपालमा तपाई सुरक्षित हुनुहुन्छ ।’

प्रधानमन्त्रीको यो सन्देशले पर्यटकलाई निकै सहज महशुस गराउनेछ । सानातिना कमजोरी पचाउन यो सन्देशले ठूलो काम गर्न सक्छ । तर वेथिती उपर थप काम चाँही गर्नै पर्छ । विमानस्थलको स्तर उन्नती हुनु जरुरी छ । खल्ट्याङ खुल्ट्याङ गर्ने ट्रलीहरु, पिनाशको विनाश गर्ने शौचालय त तुरुन्त ठीक गर्नैपर्छ ।

एसी चलाउनु प¥यो, एस सर, नो सर, याया भन्ने कर्मचारीको साटो अंग्रेजीमा दोहोरो संवाद गर्ने हैशियतका कर्मचारी राखिनुप¥यो । एयरर्पोट तथा टुरिष्ट एरियामा चल्ने ट्याक्सी चालकहरुले पर्यटक सर्भिसको क्लास लिने हो कि !

तुलनात्मक रुपमा निकै अल्का र भिमकाय ६÷७ फुटे पर्यटकहरुका अगाडि हाम्रा साना ट्याक्सीहरु, खेलौना जस्ता देखिन्छन् । ट्याक्सीभित्र अटाउनै गाह्रो, भित्र छिरेपछि टाउकाले, ट्याक्सीको छत छुन्छ, बाटोको खाल्डा खुल्डीले २÷ ४ वटा टुटुल्को ग्यारेन्टेड, झ्याल खोलौ धुलो, बन्द गरौ गर्मी ।

पर्यटकले डे वानमा सामना गर्ने यो समस्या सानो समस्या भने होइन । त्यसबाहेक २०२० मा नेपाल आउनेहरुका लागि भिषा शुल्कमा कति छुट ? देशै भरका होटलहरुमा कति छुट ? त्यो जानकारी दिएर विश्वमा प्रचार गर्नुपर्छ । विभिन्न देशमा पर्यटन दुत बनेकाहरुको हालसम्मको खास काम भनेको दशै तिहार, तीज, नयाँ बर्षमा आसन ग्रहण गर्ने र भाषण गर्ने मात्र देखिएको छ।

यो भ्र्रमण बर्षमा पर्यटन दुतको पद लिएकाहरुले कति पर्यटक पठाए त्यसको डाटा २०२० को डिसेम्बरमा निकालिने छ भन्नु प¥यो । १० जना नेता भेटेर पर्यटन दुतको सर्टिफिकेट लिनेले अब पनि योगदान नदिए कहिले दिने ?

शहरमा घुम्ती शौचालयहरु राखौं, पसल–पसलले सफा शौचालय राखेर स्टिकर नै टाँसुन कि पर्यटकहरुका लागि शौचालयको व्यवस्था छ । टिकटमा भारी छुट, होटल रिर्सोटमा भारी छुट मात्र होइन, प्रमुख शहरहरुमा फ्री सिटी टुरका लागि २÷४ सय बसहरुको व्यवस्था हुनुपर्छ ।

टे«किङ मार्गहरु र वरपरका होटलहरुमा छुट, सहुलियत र स्तर उन्नती अनिवार्य गराउनुपर्छ । ठूला कुरापछि गरौँला, तर बाँकी रहेको यो ४ महिना यी साना कुरामा ध्यान दिन सके ने पाल आउने पर्यटकले राम्रो अनुभव गर्नेछन् र आउँदा बर्षमा पर्यटक पक्कै बढ्नेछन् ।

Related Articles

Back to top button
Close