खेलकुद

कराते विश्व च्याम्पिएन्शीपमा नेपाललाई ४ पदक

काठमाडाै‌ । यहि अगस्ट ९ देखि ११ सम्म जापानको ओकिनावामा सम्पन्न कोशिकी कराते को विश्व महासम्मेलन एबं विश्व च्याम्पिएन्शिपमा नेपालका खेलाडीले चार पदक प्राप्त गर्न सफल भएका छन्।

१८ देशका १५० बढी खेलाडी एबं प्रशिक्षक सहभागी उक्त प्रतियोगितामा नेपाल का तर्फबाट नेपाल कोशिकी करातेका अध्यक्ष एबं प्रशिक्षक कृष्ण प्रसाद कंडेल को नेतृत्वमा ९ जनाको टोलिले सहभागिता जनाएको थियो ।जस मध्ये जुनियर पुरुष काता स्पर्धामा नेपालका साहिल कंडेलले क्यानडाका खेलाडीलाई १७ अंक ले पछि पार्दै दोश्रो हुन सफल भए ।

त्यसै गरी जुनियर पुरुष ९ १३बर्स मुनि ०को स्पर्धाको सेमि फाइनलमा नेपालका सुगम गुरुङले क्यानडाका नोहा मेहरीलाई हराउदै दोस्रो स्थान प्राप्त गरेका थिए जसको फाइनल खेलमा क्यानडाका सोलोमोन ज्याकमेन संग २अंक को फरक मा हार बेहोरेका थिए । त्यसै गरी जुनियर १७ बर्ष मुनिको स्पर्धामा अस्ट्रेलियाका खेलाडीलाई हराउँदै सेमि फाइनल प्रवेस गरेका नेपालका अमृत के सि ले पनि क्यानडा कै खेलाडी विल क्रीप्प्स संग झिनो अंक ले हार्दै तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन।

त्यसै गरी पुरुष सिनियर लाइट वेट स्पर्धामा नेपालका कृष्ण प्रसाद कंडेलले अस्ट्रेलियाका खेलाडीलाई हराउदै सेमि फाइनल प्रबेश गरेका थिए भने जापान का खेलाडी संग १ अंकले पराजित हुँदै तेस्रो स्थान प्राप्त गर्न सफल भएका थिए उक्त स्पर्धामा अमेरिकाका ब्रुस्ली वाल्कर प्रथम हुन सफल भएका छन् ।

नेपालको ग्रामिण क्षेत्र बाग्लुङबाट सहभागी सबै खेलाडी अपर्याप्त पुर्वाधार साथै जुनियर स्पर्धा मा उमेरलाई मात्र आधार मान्दा आफू भन्दा धेरै ठुला तौलका खेलाडी संग स्पर्धा गर्नु पर्दा अपेक्षित नतिजा प्राप्त गर्न नसकिएको, नेपाली टिम का प्रमुख कृष्ण प्रसाद कंडेलले जानकारी गराउनुभयो।

Related Articles

Back to top button