मनोरंजन

पूजा र आकाशलाई समस्या

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मालाई भ्याइनभ्याई छ । यी दुबैलाई भ्याइनभ्याई हुनुको कारण भने हो, फिल्मको प्रमोशन र छायांकन एकसाथ हुनु ।

पूजाले पहिले त सम्हालिन्छ कहिले मनमा काम गरेकी हुन् । तर, यो फिल्मको छायांकन नै सकिएको छैन । फिल्मको छायांकन नसकिदा समस्या त हुने नै भयो । फिल्म यो बर्ष रिलिज हुन्छ या हुँदैन भन्ने नै पक्का छैन ।

पुजा र आकाशलाई कात्तिक ८ गते रिलिज हुन लागेको फिल्म पोई पर्यो कालेको पनि प्रमोशन गर्नुछ । किनकी, पोई पर्यो कालेसँग अब भिड्ने भएको छ, घामट शेरे । यो फिल्म आउने भएपछि प्रतिस्पर्धा चर्को हुँदैछ । प्रतिस्पर्धा चर्को हुँदा समस्या हुने नै भयो ।

तर, एकातिर पोई पर्यो कालेको डबिङ, प्रमोशनको कुरा । अर्कोतिर, सम्हालिन्छ कहिले मनको लम्बिएको छायांकन । पूजाले त अब म यस्तो गीत गाउँछु २ को छायांकन पनि सुरु गर्दैछिन् ।यी सबै कुराले पूजा र आकाशलाई समस्या परेको छैन त । कता कता भ्याउने हो खै ?

Related Articles

Back to top button
Close