मनोरंजन

शिल्पाले पाइन्ट सम्हाल्न नसकेपछि…

एजेन्सी। बलिउड अभिनेत्री शिल्पा शेट्टीको एक तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनी सोही तस्वीरका कारण यतिबेला ट्रोलको शिकार समेत भएकी छिन् ।

सार्वजनिक तस्वीरमा उनी एक हातमा छाता र अर्को हातले आफ्नो जिन्स पाइन्ट समाउँदै निकै असहज देखिएकी छिन् । बेला- बेलामा चर्चामा आउने उनी अहिले कम्मरको साइजभन्दा ठूलो जिन्स पाइन्ट लगाउँदा चर्चासँगै र ट्रोलको शिकार बनेकी हुन् ।

उनले लगाएको त्यो पहिरनमा फ्यानले मजाक उडाएका छन् । कम्मरभन्दा ठूलो जिन्स पाइन्ट उनलाई सम्हाल्न निकै हम्मे हम्मे परेको छ ।चलचित्र बाजीगरबाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री शिल्पा बलिउडकी चर्चित र दर्शकको मन जित्न सफल अभिनेत्री हुन् ।

छोरा तैमुरसंगै सुटिङ गर्छिन करिना
बलिउड अभिनेत्री करिना कपुर केही समय यताबाट सुटिङमा फर्किएकी छन् । उनी नयाँ फिल्म इङलिस मिडियम–२ मा जोडिएकी छन् ।अहिले उनी डान्स इन्डिया डान्स रियालिटी डान्स सोको सुटिङमा छिन् । उनी सुटिङमा पनि आफ्नो छोरा तैमुरसँग हुन्छिन् । तैमुललाई सुटिङमा नल्याएको दिन उनी छोरासँग भिडियोमा कुराकानी गर्न व्यस्त हुन्छिन् । सोही कारण यी नायिकाको छोरासँग कुरा गरेको एउटा भिडियो अहिले भाइरल बनेको छ ।

छोरा चैमुर पनि आमासँग सुटिङमा जान र सुटिङका अन्य कलाकार एवं प्राविधिकसँग खेल्न मन पराउँछन् । जोसँग पनि चाँडै घुलमिल हुने स्वभावका कारण करिनाका छोरा सुटिङ स्पटमा पनि सबैका प्रिय हुने गरेका छन् ।

Related Articles

Back to top button
Close