खेलकुद

सन्दीप लामिछानेलाई अचम्म लागेपछि अमेरिकी दूतावासले फेरि बोलायो

काठमाडौं। क्यारेबियन प्रिमियर लिग (सिपिएल)का लागि अमेरिकी प्रवेशाज्ञा लिन खोजेका क्रिकेटर सन्दीप लामिछानेलाई फेरि दूतावासले बोलाएको छ ।

क्रिकेट टीमका व्यवस्थापक रमन शिवाकोटीले आफूहरु फेरि अमेरिकी दूतावास जान लागेको बताएका छन् । अमेरिकी दूतावासले लामिछानेलाई भिसा अस्वीकार गरेपछि उनले आफूलाई अचम्म लागेको भन्दै ट्वीट गरेका थिए ।

प्रधानमन्त्री, दूतावास लगायतलाई ‘मेन्सन’ गरेका उनलाई दूतावासले ‘रिभ्यू’का लागि बोलाएको बताइएको छ । शिवाकोटीका अनुसार उनीहरु महाराजगञ्जस्थित अमेरिकी दूतावास फेरि गएका छन् । क्रिकेटर लामिछाने लिगमा जानुअघि अमेरिका पुग्न चाहेका थिए । तर भिसा अस्वीकार गरेपछि उनले ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् ।

Related Articles

Back to top button
Close