समाचार

गर्मीमा हुन्छ यस्ता रोगको जोखिम, सचेत रहन डा पुनको सुझाव

गर्मी माैसममा सरुवा रोगको जोखिम उच्च रहन्छ । विशेषगरी सरुवा रोग पानीजन्य संक्रमण, खानपान र हावाका कारण र किटजन्य कारणले सर्ने गर्छ । गर्मी महिनामा सबैभन्दा बढी पानी, हावा र किटजन्य रोगका कारण विभिन्न रोगहरु सर्ने गर्छ ।

किन बढ्छ गर्मीमा सरुवा रोग ?
सरुवा रोगको विषयमा हरेक वर्ष चेतनामूलक कार्यक्रमहरु हुन्छन् । लाखौं बजेट यी सचेतनाका लागि खर्च गरिन्छ । तरपनि सामान्य मानिएको झाडापखलाको प्रकोप हरेक वर्ष देखिन्छ । मानिसहरुमा रोग लाग्न नदिन के गर्ने भन्ने विषयमा चेतना पनि छ । तर, चेतना भएको कुरालाई पनि मानिसहरु वेवस्ता गर्छन् ।

मानिसमा भएको ज्ञान व्यवहारमा लागू नगर्दा गर्मीमा सरुवारोगको संक्रमण बढ्ने गर्छ । अस्पतालमा आएका बिरामीलाई झाडापखला नलाग्न के गर्नुपर्छ भनेर सोध्दा मजाले सहि उत्तर दिन्छन् । पानी उमालेर खानुपर्छ भनेर तर बिरामीहरुले नै भन्छन्– पानी उमालेर पिउँदा मिठो लाग्दैन, त्यसैले नउमाली पिउँछु ।

रोग नियन्त्रणका लागि के गर्ने ?
सरकारले हरेक वर्ष कुनै पनि रोगको प्रकोप देखिए पछि मात्रै रोग नियन्त्रणको लागि प्रयास शुरु गरेको देखिन्छ । रोग लाग्नु अघि नै योजना बनाएर पूर्व तयारी गरे मात्रै गर्मीमा रोगको प्रकोप कम हुन्छ । गर्मीको समयमा तराईमा बाढीको प्रकोप बढ्छ त्यसपछि मानीसहरुमा डेंगु, झाडापखाला लगायतका रोगहरुको संक्रमण बढ्छ ।
त्यसैले सरकारले रोग लागिसकेपछि नियन्त्रण गर्ने भन्दा पनि अघिल्ला वर्षहरुमा कुन क्षेत्रमा कस्तो रोग देखिएको थियो सोहि अनुसार त्यो मौसम आउनु अघि नै पूर्व तयारी गर्नुपर्छ ।

सरुवा रोगबाट कसरी बच्ने ?
सरुवा रोगबाट बच्न सर्ने तरिकाको विषयमा जानकार हुनुपर्छ । हावाबाट सर्ने रोगबाट बच्न सार्वजनि स्थानमा नजाने, संक्रमण व्यक्तिबाट ढाडा रहने, भिडभाडमा जाँदा मास्कको प्रयोग गर्ने, संक्रमत व्यक्ति घरमा भएमा ज्येष्ठ नागरिक, दमका बिरामी र बालबालिकालाई संक्रमित बाट टाढा राख्ने । टिकजन्य रोगका नियन्त्रणका लागि वातावरण सफा राख्ने, लामखुट्टेलाई बढ्न नदिने, घर तथा मानवस्ती वरिवरीका वातावरण सफा राख्ने गर्नुपर्छ ।
(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनसँगको कुराकानीमा आधारित )

Related Articles

Back to top button