समाचार

अर्घाखाँचीकी जमुना पौडेल ६ दिन देखि छ बर्षको छोरा सहित बेपत्ता ! खोजिदिन श्रीमानको अपिल !

काठमान्डौ , अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर – २ बल्कोटको सानो चिदिकाबाट एक विवाहित महिला छोरो सहित बेपत्ता भएकी छिन् । बल्कोटको सानो चिदिका गाउँको राजु पोखरा टोलका लालमणि पौडेलकी २६ वर्षिया श्रीमती जमुना पौडेल गत जेष्ठ २४ गते शुक्रबार बिहान देखि छोरो सहित बेपत्ता भएकी हुन् । शुक्र्बार देखि ६ बर्षिय छोरा मोहित पौडेललाई लिएर बेपत्ता भएकी जमुना छ दिन हुँदासम्म फेला नपर्दा परिवार चिन्तित भएका छन् । जमुना माइती घर गुल्मी जिल्लाको दिघाममा, नजिकका साथी, छिमेकी सबैको घरमा खोजी गर्दा पनि फेला नपरेपछि प्रहरी प्रशासनलाई खोजिदिन गुहारेका छन् ।

जमुनाका श्रीमान् लालमणि पौडेल बैदशिक रोजगारीको शिलशिलामामा कतारमा छन् । जमुना पौडेलको माइती घर गुल्मी जिल्लाको दिघाम भन्ने ठाउमा रहेको छ ।तर जमुना आज सम्म माइतीघरमा पनि न आएको उनका आफन्तजनहरुले बताउछन । येही गत मिति २०७६ साल जेठ ,२४ गते शुक्रबार बिहान देखि घरमा कोहि कसैले खबर नगरी आजको मिति सम्म श्रीमती र छोरा सम्पर्कमा नआउँदा उता कतारमा रहेका निजका श्रीमान अत्यन्तै पिडामा छन् ।अर्घाखाँचीमा पछील्लो समय बेपत्ता हुने महिला, युवतीको संख्या बढेको देखिन्छ ।

Related Articles

Back to top button