भिडियोसमाचार

पूर्व एमाले मेयरले पत्रकारको नाकको हड्डी भाँच्न १ करोड छुट्याए ! [ अडियोसहित ]

इटहरी- केहि दिन अगाडीमात्र सामाजिक सन्जालमा मेयरले पत्रकारलाई धम्क्याएको एउटा भिडियो भाइरल बनेको थियो । इटहरी उपमहानगरपालिकाका पूर्वएमाले मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई नाकको हड्डी भाँच्ने धम्की दिएका छन्।

इटहरीकै पत्रकार विराट अनुपमलाई फोन गरी उनले अपशब्द बोल्दै ‘अब तेरो नाकको हड्डी भाँच्न बाँकी छु भन्दै धम्क्याएका हुन्।
आफ्नो फेसबुक पोस्टमा ‘चाटुकार पत्रका ? भनेर कमेन्ट गरेपछि किन यस्तो गरेको भनेर फोन गरेका अनुपमलाई मेयर चौधरीले धम्की दिएका हुन्। उनले अनुपमकै स्टाटसमाथि कमेन्ट लेख्दै ‘अब तिम्रो पालो’ लेखेका थिए।

फोनमा उनले भनेका छन्, ‘तिमीले केके लेख्न बाँकी राख्या छौ ? तिम्रो नाकको हड्डी भाँच्नलाई एक करोड छुट्याको छु। एउटा घडेरी छुट्याको छु। तेरो नाकको हड्डी भाँच्न मात्रै बाँकी छ,’ उनले भनेका छन्, ‘अब म गुण्डागर्दीमै उत्रिएँ। तेरो नाकको हड्डी भाँचेर मात्रै मलाई सन्तोष हुन्छ भाइ।’

गत जेठ ८ गते मेयर चौधरीले इहटरी उपमहानगरपालिका वडा नम्बर १९ का वडा सचिव मनोज दाहाल र सब इन्जिनियर रामबहादुर खड्कालाई कुटेका थिए। उक्त घटनापछि कर्मचारीहरुले मेयरविरुद्ध आन्दोलनकै घोषणा गरेका थिए।

Related Articles

Back to top button