भिडियो

यस्ती थिइन् भद्रगोलकी रक्षा हर्नुहोस् पहिला र अहिलेका तस्बिरहरू…(फोटो फिचर)

काठमाडौँ २१, जेठ। चर्चित हास्य टेलिश्रृङ्खला भद्रगोलकी एक पात्र हुन् रक्षा श्रेष्ठ (रक्षा) । हास्य टेलिसियलमा अभिनय गरी चर्चामा आएकी रक्षाको प्रभाव दिन प्रतिदिन बढ्दै गएको छ । रक्षाले केही फिचर फिल्ममा समेत काम गरिसकेकी छिन् । भद्रगोल टेलिसिरियलका कारणले गर्दा रक्षालाई भद्रगोलकै एक पात्र कुमार कट्टेल (जिग्री)कै प्रेमिकाको रूपमा चिन्ने गर्छन् । रक्षाले भनिन् ‘दर्शकहरूले जिग्रिको प्रेमीकाको रूपमा चिन्दा खुसी लाग्छ’ । उनको सौन्दर्यता मा झन् झन् निखार आएको दर्शकहरू बताउँछन् ।

टेलिश्रृङ्खलाको साथै विभिन्न कम्पनीको विज्ञापनमा समेत उनको उपस्थिति बाक्लिँदो छ । सुन्दरतासँगै अभिनयको पनि उत्तिकै तारिफ हुने गरेको छ उनको ।एक सयको हाराहारी विज्ञापनमा अभिनय गरेकी रक्षा विभिन्न मुलुकमा हुने स्टेज शो मा पनि सहभागी छिन् । उनको सुन्दरता झन् झन् निखारिँदै आएको दर्शकको भनाई छ । उनका केही पुराना र नयाँ तस्बिर यहाँ प्रस्तुत गरिएको छ । तस्बिर रक्षाको फेसबुक बाटः

Related Articles

Back to top button
Close