समाचार

१४४ यात्रु सवार विमानमा बम रहेको सूचना आएपछि सेनाले लियो यस्तो एक्शन

काठमाडौं । उडान भरिरहेको विमानमा बम रहेको हल्ला चलेपछि सिङ्गापुर हवाई सेनाका २ लडाकु विमानले सो विमानलाई सकुशल अवतरण गराएको छ ।

१४४ यात्रु बोकेर आइतबार फिलिपिन्सको केबुबाट सिङ्गापुरका लागि उडेको फ्लाई स्कटको विमान टिआर–३८५ मा बम रहेको हल्ला चलेपछि प्रहरीले सुरक्षा सावधानी अपनाउन सूचीत गरेको बीबीसीले उल्लेख गरेको छ ।

विमानमै सवार एक १३ वर्षीय युवकले बम रहेको हल्ला चलाएका प्रहरीलाई उद्धृत गर्दै स्थानीय समाचार संस्थाहरुले जनाएका छन् ।

उनलाई हाल नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको र उनले प्रहरीलाई सघाएका पनि प्रहरीले स्पष्ट पारेको छ । विमान कम्पनीका प्रवक्ताका अनुसार १४४ जना यात्रु र चालक दलका ६ सदस्य सवार विमानलाई आइतबार दिउँसो ४ः४९ मा चंगी विमानस्थलमा सकुशल अवतरण गराइएको थियो ।

सिङ्गापुरका रक्षामन्त्री अङ एङ हेनले सबै ‘खतरालाई अन्यथा प्रमाणित नभएसम्म’ गम्भीरतापूर्वक लिइने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सबै यात्रु सकुशल रहेको जनाएका छन् । उनले बम रहेको भनिएको विमान ल्याउन २ वटा लडाकु विमान पठाइएको पनि उनले खुलाएका छन् ।

यसैबीच यता चीनको राजधानी तियानमेन स्क्वायरमा लोकतन्त्रको पक्षमा प्रदर्शन हुँदा गरिएको दमनको ३० वर्ष पुगेको छ । १९८९ को जुन ३ र ४ का दिन प्रदर्शनकारीमाथि गरिएको चरम दमनलाई चीनभित्र स्मरण गरिँदैन ।

कसैले यसको स्मरणमा कुनै कार्यक्रम गर्न वा सामाजिक सञ्जालमा केही कुरा राखेमा सरकारले कारबाही गर्छ । यसबारेमा अनुगमन गर्न सरकारले १० हजारभन्दा बढी मासिनलाई गुप्त ढंगले खटाउने गरेको बिबिसीले उल्लेख गरेको छ ।

यदि कसैले यो घटनालाई लिएर कुनै कार्यक्रम गरेमा उसलाई साढे तीन वर्षसम्मको जेल सजाय हुन सक्ने अवस्था छ । बेइजिङको तियानमेन स्क्वायरमा भएको ठूलो प्रदर्शन रोक्नको लागि सुरक्षाबलले गोली प्रहार गरेकोे थियो । चीनको सरकारले अहिले आएर सो प्रदर्शन निस्तेज गरेको घटनालाई प्रतिवाद गरेको छ ।

सो घटनाको बारेमा चीनले सार्वजनिक रुपमा केही नबोलेपनि आइतबार भने चीनका रक्षामन्त्री वी फेंघीले त्यतिबेला सरकारले अशान्ति हटाउनका लागि चालेको कदम सही भएको बताएका छन् ।

सिंगापुरको एउटा कार्यक्रममा सहभागी उनले पत्रकारहरुसँगको कुराकानीमा त्यसो भनेका हुन् । सन् १९८९मा बेइजिङको तियानमेन चोकमा विद्यार्थी र मजदूर प्रदर्शनमा सहभागी थिए । तर चीनको बामपन्थी शासनले ३ र ४ जुनको बीचमा उनीहरुलाई दबाएको थियो । यो विषयको रिपोर्टिङ गर्न चीनमा त्यतिबेला व्यापक सेन्सर गरिएको थियो । यसबारेमा चीनमा अहिले पनि कोही बोल्न चाहँदैनन् ।

६ हप्तासम्म चलेको सो आन्दोलनको भोलि मंगलबार ३० वर्ष पूरा हुँदैछ । अप्रिल महिनामा सुरु भएको सो आन्दोलन जुन ३ र ४ तारेखको बीचमा बेइजिङ नरसंहारमा परिणत भएर अन्त्य भएको थियो । चिनियाँ अधिकारीहरुले सो घटनामा एक जना पनि नमारिएको बताउने गरेपनि हजारौं मानिस मारिएको पश्चिमा मिडियामा चर्चा हुने गरेको छ ।

सो प्रदर्शनमा १० लाखभन्दा बढी मानिस तियानमेन चोकमा भेला भएको बताइने गरेको छ । सो प्रदर्शन विश्वविद्यालयहरुमा समेत हुन थालेको थियो । प्रदर्शनकारीले तानाशाही समाप्तिको माग गरेका थिए । उनीहरुले महंगी बढेको, तलब कम दिइएको जस्ता आरोप लगाएका थिए ।

यही क्रममा जुन ३ राति सुरक्षाबल टैंक लिएर तियानमेन चोक पुगेर त्यहाँ रहेका मानिसमा गोलाबारुद बर्षाएका थिए । त्यसमा कैयौं निहत्था मानिस मारिनुका साथै घाइते भएका थिए ।

सो घटनाको बारेमा त्यतिबेला बीबीसी संवाददाता केट एडीले कभर गरेकी थिइन् । केटले त्यतिबेला समाचारमा भनेकी छन् ,‘‘सुरक्षाबल निहत्था मानिसमा अन्धाधुन्द गोलीचलाई रहेको छ । तर अझैपनि मानिस सडकमा छन् । हजारौंको संख्यामा रहेका ती मानिस पछि हट्न चाहिरहेका छैनन् ।’’

Related Articles

Back to top button
Close