मनोरंजन

श्रीमानले विदेशमा कमाएकाे सम्पती कुम्ल्याएर गायिका सरस्वति लामा चलचित्र निर्माता पिटरसँग भागेपछि…

गायिका सरस्वति लामा श्रीमानले विशेसमा कमाएकाे सम्पति कुम्ल्यायर प्रेमी चलचित्र निर्माता पिटर खालीङसँग भागेकी छिन् । गायिका लामा र चलचित्र निर्माता खालिङ एकै ठाउँमा बस्दै आएकाे प्रहरीलाई बताएका छन् । सरस्वतिको पहिलो श्रीमान् धनबहादुर लामा ले आफूले विदेशमा कमाएर पठाएको सम्पत्ति सबै लिएर सरस्वति अर्कैसँग हिँडेको निवेदन प्रहरीमा दिएपछि यो तथ्य खुलेको हो ।

2०६४ सालमा काभ्रेपलाञ्चोक मादनकुडारीका धनबहादुर लामाले सस्वतीसँग प्रेम विवाह गरेका थिए । वैदेशिक रोजगारीका लागि उनी 2०७१ सालमा युएई गएका थिए । आफू ले कमाएको सबै पैसा उनले श्रीमतीलाई पठाइरहेका थिए ।

श्रीमती अर्कैसँग हिँडेको खबर पाएपछि उनी नेपाल आएर । बौद्ध प्रहरीमा श्रीमती १ करोड ६ लाखभन्दा बढीको सम्पत्तिसहित हराइन्, खोजिदिनु भन्ने निवेदन दिएका थिए । उनकै उजुरीका आधारमा प्रहरीले चलचित्र निर्माता पिटर खालिङ र सरस्वतिलाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडिदिएको छ ।

दुई छोरीको बाबु पिटरले पहिलो श्रीमतीलाई डिभोर्स गरेर सरस्वती लामासँग घरजम गरेको रहस्य खुलेको छ । निर्माता पिटरले श्रीमतीसहित सम्पत्ति लगेपछि धनबहादुरले दुवैविरुद्ध ठगी र बहुविवाहको मुद्दा दर्ता गर्ने तयारी गरेको बताइएको छ । श्रोत @अनलाइनपाना

Related Articles

Back to top button
Close