समाचार

ज्ञानेन्द्र शाहीलाई भेट्न एयरपोर्ट बाटै अस्पताल तर्फ रवी

सिड्नी । न्युज २४ टेलिभिजनमा प्रसारण हुँदै आएको कार्यक्रम सिधा कुरा जनतासँगको प्रत्यक्ष कुराकानीका लागि दुई साता अघि अस्ट्रेलिया उडेका प्रस्तोता रवी लामिछाने स्वदेश फर्किएका छन् ।

अस्ट्रेलियामा उनले नेपाली विद्यार्थीको समस्यामाथि कुराकानी गरेका थिए । स्वेदश फर्केका लामिछाने भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई भेट्न अस्पताल तर्फ लागेका छन् । प्रहरीको कुटपिटबाट घाइते रहेका शाही हाल अस्पतालमा उपचाररत छन् ।

प्रहरीले भने यातना नदिएको जिकिर गर्दै आएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सोमबार पत्रकार सम्मेलन गर्दै शाहीले प्रहरीमाथि लगाएको आरोप गलत र निराधार भएको बताएको थियो । सञ्चारकर्मी लामिछानेले फेसबुक मार्फत अभियन्ता शाहीलाई भेट्न जान लागेको बारे जानकारी दिएका हुन् ।

अस्ट्रेलियाबासी नेपाली समुदाय प्रति आभार।भर्खर त्रिभुवन बिमान्स्थलमा अवतरण गरेका छौ।अहिलेलाई सामाजिक अभियान्ता…

Gepostet von Rabi Lamichhane am Dienstag, 4. Juni 2019

Related Articles

Back to top button
Close