समाचार

आज सुनको भाउ बढ्यो, तोलामा कति पुग्याे हेर्नुहाेस ।

काठमाडौँ / आज सुनको भाउमा सामान्य वृद्धि भएको छ । आज छापावाल सुन तोलाको ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा आज तोलाको २ सय रुपैयाँ वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज तेजावी सुन तोलाको ६१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको ७१० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्य समाचार

आजको मौसम : देशका अधिकांस ठाँउमा मेघ गर्जनसहित वर्षा हुने
काठमाडौं । मंगलबार देशैभरि आंशिकदेखि सामान्य वदली रही पश्चिमी भु-भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा हावाहुरी, मेघ गर्जनसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहित देशका मध्य र पश्चिम क्षेत्रका केही स्थानमा दिउँसोदेखि साँझपख मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको हो ।

त्यस्तै बेलुकीदेखि रातिको समयमा देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।

प्रि मनसुको समय भएकाले मनसुन पूर्वको समयमा हावाहुरी, चट्याङ र वर्षा हुनु सामान्य प्रक्रिया भएको महाशाखाले जनाएको छ। यस वर्ष नेपालमा मनसुन भने विगत भन्दा ढिलोगरी सुरु हुने अनुमान रहेको छ ।

Related Articles

Back to top button
Close