समाचार

केपी ओलीले लक्की शेर्पासँग तीन कराेड खाएकै हाे भने जेल काेच्नु पर्‍याे : लेखनाथ न्याैपाने….(हेर्नुहोस् पुरा बिवरण)

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्दीय सदस्य तथा पूर्व विद्यार्थी नेता लेखनाथ न्यौपानेले भर्खरै बर्खास्तमा परेकी राजदूत लक्कि शेर्पाले प्रधानमन्त्रीलाई तीन कराेड खुवाएकाे कुरा सत्य हाे भने प्रधानमन्त्री केपी ओलीलाई जेल काेच्नु पर्ने धारणा राखेका छन् ।

नेता न्याैपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे धारणा सार्वजनिक गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् -लक्की शेर्पाले भनेको ‘३ करोड ओलीलाई बुझाएकी हुँ भन्दै सञ्चार माध्यममा सघनतामा समाचार आएको छ ।

यदि उनले यो बिषय भनेकै हुन् भने उनलाई तुरून्तै समातेर जेल हाल्नु पर्यो । घुस खुवाएर राजदुत बन्ने अपराध सामान्य होइन । उनलाई यो बिषय प्रमाणित गर्न लगाउनुपर्यो ।

यदि घुस खाएर राजदुत बनाइएको सही हो भने ओलीलाई पनि जेल कोच्नु पर्यो, खुस खाने अपराध गर्ने छुट कसैलाई छैन ।

“यदी लक्की शेर्पाले नभनेको बिषयलाई समाचार बनाएर समग्र राजनीति, पार्टी र पार्टीको तर्फबाट प्रम बनेको नेतालाई घुस जस्तो गम्भीर अपराधसँग जोड्ने र समाचारमार्फत् हद दर्जाको बदनाम गर्ने छुट पत्रकारलाई पनि हुँदैन ।

त्यसकारण यस्तो समाचार लेख्ने पत्रकारलाई तुरून्तै जेल कोच्नु पर्यो र त्यस्तो सञ्चार माध्यमलाई प्रतिबन्ध गर्नुपर्यो । नत्र त जसलाई जे मन लाग्यो त्यही गर्यो । परिणामः मुलुक नकारात्मक दिशातिर धकलिने स्थिति बन्ने भयो ।”

 

Related Articles

Back to top button
Close