समाचार

रसुवा जीप दुर्घटनाः मृतक तीन जना, वेपत्ता तीन जना र घाइते सबैको पहिचान खुल्यो (नामसहित)

२१ जेठ, रसुवा । आइतबार साँझरसुवाकाे कालिका गाउँपालिका र गोसाईकुण्ड गाउँपालिकाको सिमाना (बेत्रावती- मैलुङ- स्याफ्रूवेशी सडक खण्ड) मा पर्ने गुम्चेतमा भएकाे सवारी दुर्घटनामा मृत्यु हुने, वेपत्ता हुने र घाइते हुने सबैको पहिचान खुलेको छ । पोखराबाट वेत्रावती-मैलुङ-स्याफ्रुवेसी हुँदै गोल्जुङ रसुवातर्फ जादै गरेकाे ११ जना सवार बा १० च ५८२० नम्बरको टाटा सुमो सडकबाट १०० मिटर तल त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना वेपत्ता रहेका छन । बाँकी घाइतेको काठमाडाैँका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

दुर्घटनामा रसुवा आमाछोदिङ्मो गाउँपालिका ४ का वर्ष ३२ का नोर्बु तामाङ, साेहि ठाउँकी वर्ष ३२ की साहिली घले र सोही ठाउँकी बर्ष ३५ की मेन्दु घले रहेका छन । प्रहरीका अनुसार दुर्घटनास्थलमा सोही ठाउँका साङदे घले, कामी याङजेन तामाङ र त्लेतङ घले रहेका छन । दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पताल त्रिशुलीमा समान्य उपचारपछि सोमबार राति नै थप उपचारका लागि काठमाडाैँ पठाइएको घाइतेहरूमा रसुवा आमाछोदिङ्मो गाउँपालिका ४ का सवारी चालक निमा तामाङ रहेका छन । उनको बायाँ घुँडा, दाहिने कुहिना, बायाँ आँखा र टाउकोमा गम्भीर चोट लागेको छ ।

रसुवाको साेहि ठाउँकी जौरानी घलेको दुवै खुट्टा, दाहिने हातमा गम्भीर चोट लागेको छ । ग्रिनसिटी अस्पतालमा उपचार भैरहेको छ । यस्तै फुर्बु याङजेन तामाङ र योङ जुङ तामाङलाइ थप उपचारका लागि न्यूरो अस्पताल पठाइएको छ दुबै जनाको टाउकोमा गम्भीर चोट लागेको छ । प्रहरीको प्रारम्भिक अनुमान अनुसार कच्ची र साँघुरोबाटोको कारण गाडी दुर्घटना भएको हो । गाडीको अगाडिको भाग नदीमा डुबेको छ भने गाडी क्षतिग्रस्त भएको छ ।

Related Articles

Back to top button
Close