समाचार

बधाई छ ! उत्कृष्ट कार्य गरेका बाँके ट्राफिक प्रमुख रोकाया पुरस्कृत

बाँके ।ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकाय पुरस्कृत भएका छन् । बाँके जिल्ला ट्राफिक ब्यबस्थापनका लागी उत्कृष्ट कार्य गरेको भन्दै प्रदेश नम्बर ५ ट्राफिक प्रहरी कार्यालयले निरीक्षक रोकायलाई पुरस्कृत गरेको हो । राेकायसँगै उत्कृष्ट कार्य गर्ने एक दर्जन कर्मचारीहरु पुरस्कृत भएका छन् ।

निरीक्षक रोकायले आफ्नो एक बर्षको कार्यकालमा नेपालगन्ज उपमहानगर भित्र हर्न निषेध लगायत राजमार्ग सुरक्षाका लागी महत्वपूर्ण समेत कार्य गरेका छन् ।

उनले ९० लाख रुपैया बराबर बाँकेबाट मात्रै राजस्व संकलन गरिसकेका छन् ।निरीक्षक रोकायले बाँके जिल्लामा ट्राफिक ब्यबस्थापन भिआइपी र भिभीआइपीको सवारीमा उत्कृष्ट ट्राफिक ब्यबस्थापन लगायतका कार्य समेत गरेका छन् ।उनले बाँकेमा ट्राफिकका लागि सर्हा्निय कार्य गरिसकेका छन् ।

Related Articles

Back to top button
Close