समाचार

यी पूर्वएमालेको हर्कतले देशकै बेइजत, सामाजिक सन्जालमा भाइरल

रामेछाप – रामेछापको मन्थली नगरपालिका ६ भलुवाजोरका वडाध्यक्ष गोपालबहादुर माझी अर्काकी श्रीमतीसंग कोठामा भेटिएपछि प्रहरीको खोरमा पुगेका छन् । स्थानीय तहको निर्वाचनमा माझी पूर्वएमालेबाट वडाध्यक्षमा निर्वा्िचत भएका हुन् ।

भक्तपुरको चारादोवाटोबाट माझी र भलुवाजोर कुभिण्डेकै एक विवाहित महिलाले आफूहरू श्रीमान–श्रीमती भएको भन्दै सँगै बस्दै आएको स्रोतले जनाएको छ । गत मंसिरदेखि कोठा लिएर सँगै बसेको सुइँको पाएपछि माझीकी श्रीमती कृष्णमाया र महिलाका श्रीमान् कविराज श्रेष्ठ मिलेर दुवैलाई आइतबार राति साढे ११ बजे भक्तपुरस्थित कोठाबाट पक्राउ गरेको प्रत्यक्षदर्शीले बताएका छन्

पक्राउ परेका दुवै महानगरीय प्रहरी प्रभाग ठिमीको हिरासतमा रहेको प्रहरी नायव निरीक्षक त्रिविक्रम कोइरालाले जानकारी दिएका छन् । उनीहरूविरुद्ध सोमबार बहुविवाहमा मुद्धा दायर गर्ने कृष्णमाया माझीले बताइन् ।

कुभिण्डेका कविराज श्रेष्ठ वैदेशिक रोजगारीका लागि दुबईमा थिए । उनले श्रीमतीको बारेमा गलत कुरा गाइगुइ सुनेका थिए । २० दिनअघि काठमाडौं फर्केका उनले श्रीमतीलाई सम्पर्क गर्न खोजेका थिए । तर, सम्पर्क भएको थिएन ।

‘परिवारका केही सदस्यबाट छोरा होस्टलमा राखेको थाहा भयो’, श्रेष्ठले भनेका छन्, ‘सिनामगंलको होस्टलमा छोरा हालेको थाहा पाए । श्रीमतीसंग सम्पर्क कायम गर्न कयौं प्रयत्न गरे । सम्पर्क भएन ।’ सिन्धुली तीनपाटन माइती भएकी २७ वर्षीया श्रीमतीलाई कविराज श्रेष्ठले सिन्धुलीमै छोडेर विदेश गएका थिए ।

केही वर्षदेखि घरबाट निकालिएकी माझीकी श्रीमती कृष्णमायाले समेत श्रीमानको खोजी गरिरहेकी थिइन् । काठमाडौंमा एउटा सुरक्षा कम्पनीमा काम गर्दै आएकी कृष्णमायाको भेट कविराजसंग भयो । दुवै मिलेर उनीहरूलाई खोज्न थाले ।

भक्तपुरको चारदोबाटोमा कोठा रहेको र दुवै श्रीमान्–श्रीमती भएर बसेको जानकारी पाएपछि खोज्दै उनीहरू भएको कोठामा पुगेका थिए । बाहिर माझीको मोटरसाईकल राखिएको थियो ।

कृष्णमायाले मोटरसाईलक चिनिन् । दुबै जनासंगै छन् भनेर कृष्णमायाले प्रहरीलाई बोलाइन् । प्रहरी आएपछि कोठा खोल्न लगाउँदा दुवैसँगै भेटिएका थिए । अनि श्रीमान्–श्रीमतीको रुपमा बसेको प्रमाणका लागि केही तस्वीरहरू कोठामा सजाएर राखेको भेटिएको भक्तपुर प्रहरीले जनाएको छ ।

गोपाल माझी र कृष्णमायाका ८ वर्षीय छोरा छन् । उनी गोपालसंगै बस्छन् । कृष्णमाया ४ वर्षदेखि माझीसंग छैनिन् । ‘मलाई कम्ती सास्ती दिएको छैन’, कृष्णमाया माझीले भनिन्, ‘मैले पहिलेदेखिनै गाइँगुइँ गलत कुरा सुनेकी थिएँ प्रमाण फेला नपारेर मुद्धा हाल्न सकेकी थिइन । अब प्रमाण भेटे मुद्धा दिन्छु ।’

गोपाल र कृष्णमाया बेग्लाबेग्लै बस्ने भएपनि सम्बन्ध विच्छेद भएको छैन । कृष्णमायाले अर्को विवाह पनि गरेकी छैनिन् । कृष्णमायाका अनुसार ४ दिनअघि गोपालले ती महिलालाई भलुवाजोरको कुनौरीमा लगेका थिए । गोपालले नयाँ घर बनाएका छन् । गृह प्रवेशका अवसरमा ती महिला पनि आएकी थिइन् ।

आइतबार उनले बहिनीसंग गाडीमा ती महिलालाई काठमाडौं पठाएका हुन् । त्यसको केही घण्टापछि आफू मोटरसाईकलमा काठमाडौं लागेका थिए । ‘घर प्रवेश भने पनि त्यसले विवाहको भोज गरेको हुनुपर्छ’, कृष्णमायाले भनिन् ।

Related Articles

Back to top button
Close