सोलुखुम्बु घटनाबारे नेकपाले मुख खोल्यो, प्रकाण्डले निकाले यस्तो विज्ञप्ति
काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको प्रष्ट पारेका छन् । सोलुखुम्बु घटनापछि सोमबार विज्ञप्ति जारी गर्दै प्रकाण्डले पार्टीमाथि सर कारले षड्यन्त्र गरेको दावी गरेका हुन्।
‘सोलुखुम्बुमा हाम्रो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने नियोजित र षड्यन्त्रपूर्ण प्रचारवाजी प्रति ध्याना कर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ,’सुरक्षा निकाय माथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको र त्यस प्रकारको कुनै घटना नभएको स्पष्ट पार्न चाहान्छौं।’ पूर्वी नेपालमा दमन गर्ने सरकारी षड्यन्त्र अनुरुप त्यस प्रकारको समाचार बाहिर आएको समेत प्रकाण्डले विज्ञप्ति मार्फत् प्रष्ट पारे।
तिबन्धित नेपाल कम्युनिष्ट पार्टीले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको प्रष्ट पारेको छ । सोलुखुम्बुमा नेकपा कार्यकर्ताले प्रहरी चौकीमा आक्रमण गरेको भ्रामक समाचार बाहिरिए पछि नेकपाले यस्तो बताएको हो । पार्टी प्रवक्ता खड्ग बहादुर विश्व कर्मा ‘प्रकाण्ड’ले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आइतबार राति सोलुखुम्बुमा नेकपा कार्यकर्ताले प्रहरी चौकीमा आक्रमण गरेको भन्ने समाचारको खण्डन गरेका हुन् ।