समाचार

दाङमा रोकिराखेको बस आफै चलेर दुर्घटना हुँदा १० जना घाईते

तुलसीपुर
२० जेठ / दाङमा रोकिराखेको यात्रुवहाक बस दुर्घटना हुँदा दशजना घाईते भएका छन् । घाईतेमध्ये चारजनाको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

आईतबार राति सवा १२ बजेतिर दिशापिसाब गर्नलाई रोकेको गाडी आफै सञ्चालन भएर अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहले जानकारी दिए ।

उनका अनुसार ४० जना यात्रुमध्ये ३० जना दिशापिसाबका लागि झरेको र बाँकी १० जना गाडीमै बसेका थिए । गाडि चालकपनि निस्केको अबस्थामा आफै सञ्चालन भएर दुर्घटना भएको हो ।
तस्बिर तुलसीपुर मिडियाबाट

Related Articles

Back to top button
Close