प्रितमको सारेगामा फाइनलका लागि दमदार प्रस्तुति , पाए वाह वाहि ( पुरा भिडियो सहित )
भारतीय रियालिटी शो सरेगमापा लिल च्याम्प मा पुगेका नेपाली बाल गायक प्रितम आचार्यले यस हप्ता पनि आफ्नो धमाका प्रस्तुति दिएका छन्। टप ९ बाट फाइनलका लागि टप ६ छानिने क्रममा प्रितम ले आफ्नो प्रस्तुति दिएका थिए। सधै आफ्नो प्रस्तुतिकै कारण चर्चा मा रहने गरेका नेपाली बाल गायकले यस हप्ता पनि जज र जुरी सबैको मन जितेर अघि बढ्न सफल भएका छन्। प्रितम फाइनलमा पुग्लान त भन्दै सारेगामा टिमले फेसबुक मार्फत दर्शक लाइ प्रश्न सोध्दै एक सानो प्रितमको भिडियो प्रस्तुत गरेका थिए।
उनले यो हप्ता दिएको प्रस्तुति पनि चार्टबस्टर बनेको थियो। सबै जुरीले १० अंक नै प्रदान गरेका थिए। सरेगमपाको प्रोमो उक्त भिडियोमा प्रितम ले ‘लुट गए ‘ बोलको गीत गाउदा सबै जज हरु मिलेर खुसिहुदै उनलाई काधमा फेरि एक पटक बोकेका छन्। त्यती मात्र होइन जज बसेका कलाकार आनन्द राज आनन्दले उनको प्रस्तुती आफ्नो लागी यादगार प्रस्तुती भनेका छन् । प्रितमको प्रस्तुतीमा जजहरुको आखामा आसु सम्म ल्याएको भिडियोमा देखाइएको छ ।
इटहरीका ११ बर्षीय प्रितम आचार्य यति बेला नेपालमा मात्र हैन भारतमा समेत निकै चर्चा पाएका छन्। ब्याक टु ब्याक उत्कृष्ट प्रस्तुति दिदै सबैको मन जितिरहेका प्रितमलाइ यस अघिको एपिसोडमा सलमान खानले बाल उदितनारायण भन्दै प्रसंसा समेत गरेका थिए । भारतका चर्चित सेलिब्रेटीहरुले पनि सामाजिक संजालमा नेपालका उदयमान बाल कलाकार रुपमा प्रितमलाइ चित्रण गरेका छन्। उनले पनि विभिन्न समयमा चार्टबास्टर पर्फमेन्स दिंदै सबैको नजर आफूतिर तानेका छन् । यसै हप्ता उनले दिएको प्रस्तुतिमा जज हरुले काधमा बोकेर तारिफ गरेको भिडियो सार्बजनिक भएको छ। प्रितमलाई हाम्रो तर्फबाट धेरै धेरै शुभकामना ! –
हेर्नुस भिडियो