भिडियो

अतालिंदै रवी लामिछानेलाई दाइ बचाउनुहोस् भन्दै आइन् बहिनी, भन्छिन् :- दादा एक पटक आइदिनुहोस् हेर्नुहोस (भिडियो सहित)

काठमाडौं । सुर्खेतका पत्रकारहरुलाई अपशब्द प्रयोग गरेका कारण प्रहरी हिरासतमा पुगेका भ्रष्टाचार बिरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई प्रहरी हिरासतमा यातना दिइएको भन्दै चौतर्फि विरोध भइरहेको छ ।

आफुले बोलाएको पत्रकार सम्मेलनमा पत्रकार उपस्थित नभए पछि उनले पत्रकारलाई सम्बोधन गरेर आपत्तीजनक कुरा बोलेको भन्दै उनी विरुद्ध प्रहरीमा उजुरी परेको थियो । उजुरीको आधारमा पक्राउ गरिएका शाहीलाई प्रहरीले हिरासतमा यातना दिएको भन्दै शाहीका आफन्तले विरोध गरेका छन् ।

काठमाडौंको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार गराइरहेका शाहीको यातनाका कारण खुट्टामा चोट लागेको उनका परिवारका सदस्यले बताएका छन् । परिवारका सदस्यले उनको फोटो सार्वजनिक गर्दै यातना दिने प्रहरीलाई कारवाहीको माग गरेका छन् । अस्पतालको ट्रमा सेन्टरमा भेटिएकी शाहीकी बहिनीले आफुहरुलाई यति धेरै अन्याय हुँदा पनि रवि लामिछाने नबोलेको भन्दै आश्चर्य ब्यक्त गरिन् ।

उनले आफुलाई न्याय दिलाउन आउनु भन्दै रवि लामिछाने गुहारेकी छन् । उपचार गराइरहेका शाहीले पनि रविलाई सम्झिएको भन्दै उनले रविलाई न्याय दिन आउनु भन्दै बोलाएकी छन् । शाहीको जिउ पछाडी निल डाम रहेको भन्दै उनले यातना दिएको प्रमाण त्यही हो भनेकी छन् । उनले निलडाम निको हुँदै गएपनि पीडा कम नभएको बताइन् । उनले भ्रष्टाचार गर्नेलाई सजाय दे भनेर आवाज उठाउँदा आफ्नो दाईलाई यातना दिएको बताइन् ।

Related Articles

Back to top button
Close