समाचार

प्रहरी चौकी कब्जागर्ने विप्लब माओबादीको प्रयास असफल

सोलुखुम्बु / सोलुखुम्बुको एक प्रहरी चौकी कब्जागर्ने विप्लब माओबादीको प्रयास असफल भएको छ । गएराति महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्ने प्रयास असफल भएको हो । मध्यराति १२ बजेको समयमा २५–३० जनाको विप्लब माओबादीका कार्यकर्ता चौकी पुगेको भएपनि त्यसअघि नै प्रहरी हतियार सहित बाहिरी सकेकाले कब्जाको रणनिति असफल भएको उच्च स्रोतले जनाएको छ ।

माओबादी कार्यकर्ता कब्जाको लागि आउदै गरेको सूचना पाएपछि चौकीमा कार्यरत ७ जना प्रहरी सहित हतियार सहित सुरक्षित स्थानमा गएका थिए । प्रहरी र माओबादी कार्यकर्ताबीच भेट नभएको भएपनि मध्यान्न १२ बजे देखि विप्लव कार्यकर्ता विहान ३ बजेसम्म चौकी क्षेत्रमै रहेको बताईएको छ ।महाकुलुङ क्षेत्रमा केहि दिन देखि विद्युतका कारण
नेपाल टेलिकमद्धारा वितरित सञ्चार सेवा अबरुद्ध भएको मौका छोपेर कब्जाको प्रयास गरिएको अनुमान गरिएको छ ।अहिले जिल्ला प्रशसन कार्यालयमा

सुरक्षा समितिको वैठक बसिरहेको छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले वैठक चलिरहेकाले वैठक पछि मात्र सूचना दिने प्रतिक्रिया दिए । प्रदेश र जिल्लाबाट नेपाली सेना र प्रहरीको टोली सो क्षेत्रमा हेलिकप्टर मार्फत पुगिसकेका छन् । घटना जिल्ला सदरमुकाम सल्लेरी देखि करिब २५ कोश टाढाको गाउँ छेस्काममा भएको हो । थप विवरण आउन बाँकी छ ।काठमाडौँ : आफ्नै १३ वर्षीय छोरीमाथि जबर्जस्ती गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

आफूमाथि जबर्जस्ती गरेको भन्ने बालिकाको मौखिक उजूरीका आधारमा ४५ वर्षीय बावुलाई प्रहरीले पक्राउ गरेको होबालिकाको उजूरीपछि आरोपितलाई आईतबार साँझ पक्राउ गरि लिखित उजुरीको लागि परिवारका अन्य सदस्यसहित जनप्रतिनिधिलाई कार्यालयमा बोलाएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।उनका अनुसार पीडित बालिकालाई स्वास्थ्य परिक्षणको लागि भरतपुर लैजाने तयारी भइरहेको छ ।प्रकाशित : सोमबार, जेठ २०, २०७६०६:४१

Related Articles

Back to top button
Close