समाचार

रवि लामिछानेको उपस्थितिमा रास्कोट सामूदायिक अस्पतालका लागि मेलबर्नमा १८ हजार डलर सहयोग संकलन !

नेपालको कालीकोट जिल्लामा बन्न लागेको रास्कोट सामूदायिक अस्पतालका लागि पत्रकार रवि लामिछानेमार्फत हस्तान्तरण गर्नेगरी १८ हजार डलरभन्दा बढी सहयोग संकलन भएको छ । कार्यक्रम सिधाकुरा मार्फत नेपाली सञ्चारकर्ममा चर्चित बनेका पत्रकार रवि लामिछाने र उनको टिमलाई मेलबर्नमा बोलाई कार्यक्रम प्रस्तुत गर्दै च्यारिटी डिनर आयोजना गरिएकोमा उक्त सहयोग राशी जुटेको हो ।

कार्यक्रममा उपस्थित भएका भिक्टोरियाका नेपाली समूदायका सदस्यहरुले स्वतस्फुर्त रुपमा उक्त सहयोग गरेका थिए । स्थानीय ईस्टोनियन हाउसमा आयोजना गरिएको कार्यक्रम एमएनटीभीले गरेको थियो । शुक्रबार साँझ ६ बजदेखि सुरु गरिएको कार्यक्रमको अन्त्यमा सहभागीहरुले पत्रकार लामिछानेसँग आफ्नो भनाईहरु राखेका थिए । प्रश्नोत्तर सेसनमा सहभागी भएका सबैले पत्रकार रवि लामिछानेले सहयोग अभियान अघि बढाएको रास्कोट समूदायिक अस्पतालको निर्माणका लागि आर्थिक सहयोग गरेका थिए ।

कार्यक्रममा बोल्दै पत्रकार लामिछानेले अब रवि लामिछाने एप्स मार्फत आफुहरुले भ्रष्टाचार विरुद्ध अभियान छेड्न लागेको जानकारी दिए । उनले सकारात्मक सोचका साथ अघि बढ्न सके पक्कै पनि सफलता मिल्ने बताए । संकलित रकम अष्ट्रेलियाको भिक्टोरियामा बस्ने नेपालीहरुको सद्भाव भएको भन्दै अर्को पटक अस्पताल निर्माण पूरा गरिसकेपछि त्यसको सेल्फीसहित आफु भिक्टोरियावासीलाई धन्यवाद दिन आउने पनि उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोतानेले अष्ट्रेलियामा पढ्न आएका नेपाली विद्यार्थीहरुले एनआरएनलाई अभिभावक मानेर आफ्ना समस्या राख्दा कसैले पनि चित्त दुखाउन नहुने भन्दै अझ बढी विद्यार्थीकै हितका लागि लाग्ने प्रतिबद्धता जनाए । नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष तारा गैरेले जिम्मेवार भएर अष्ट्रेलियाको नेपाली समूदाय अघि बढ्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा बोल्दै भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनले पत्रकारिताको माध्यमबाट देशको सेवामा जुटेका सिधा कुरा टिमलाई सफलताको शुभकामना दिँदै भिक्टोरियामा नेपालको दुर्गम कालीकोटको अस्पतालको लागि च्यारिटी डिनर राखेकोमा धन्यवाद दिए ।

स्वागत गर्न उपस्थित भएका एमएनटीभीका प्रधान सम्पादक चिरञ्जीवी देवकोटाले रास्कोट अस्पताल, रवि लामिछाने र सिधा कुरा जनतासँग टिमको काम अनि भिक्टोरियाको नेपाली समूदायको विषयमा आफ्नो धारणा राखेका थिए । प्रश्नोत्तरका क्रममा समूदायका सदस्यहरुले विभिन्न जिज्ञासा राखेका थिए । कार्यक्रम व्यवस्थापनको लागि कँडेल कन्सल्टेन्सीले सहयोग गरेको थियो भने बुद्ध ट्राभल्स ट्राभल पार्टनरको रुपमा रहेको थियो । यस्तै लाहुरी टिभीले अष्ट्रेलिया भ्रमणको व्यवस्थापन गरेको हो ।
उक्त क्रममा जुटेको सहयोग रकम यस्तो छ

Ram Prasad Kandel $501 Bank Transfer
Nirmala Baral / Asish Pariyar $200 Bank Transfer
Nitta Prasad Tiwari $200 Bank Transfer
Bikram Thapa $1000 Bank Transfer
Sanjaya Dahal $100 Bank Transfer
Degraj Lamsal/Namuna Bhattari Lamsal $500 Bank Transfer
Tamang Socity Victoria (Pema Dorje Lama President) $300 Bank Transfer
BG Entertenment (Bhim Neupane) $200 Bank Transfer
Durga & Baby Acharya $501 Bank Transfer
Shesh / Jamuna Ghale $2000 Bank Transfer
Jamuna Parajuli $100 Bank Transfer
Rudra & Sapana Khadka $501 Bank Transfer
Ranjan Vaidya $526 Bank Transfer
Jog & Nila Limbu $500 Bank Transfer
Roshan Bhandari $100 Bank Transfer
CSU Students Melbourne $305 Bank Transfer
Roshan Bhandari $100 Bank Transfer

Bom & Darnbari Yonjan $723 Cash
Madhuri Maskey/Binit Sharma $657 Cash
Om Adhikari $ 55 Cash
Tara Gaire $100 Cash
Lok Rai $100 Cash
Prakash Basel $20 Cash
Himalaya Singh $100 Cash
Saran Lamichhane $100 Cash
Rajesh Lamichhane $200 Cash
Subash Kunwar/Jiya Rawal $500 Cash
Samridhhi Karki $30 Cash
Tej Gurung $100 Cash
Rajesh Garire $100 Cash
New Concept Finance $150 Cash
Santosh Adhikari $100 Cash
Ram Kandel $501 Cash
Mohan Lama $100 Cash
Surendra Sedhai $1150 Cash
Subash / Sabina Khanal $100 Cash
Mohan Rana $110 Cash
Parsuram / Tankamaya Luitel $503 Cash
Subodh Gaudel $100 Cash
Subash / Bishal $100 Cash
Chitwan Samaj $500 Cash

Rajendra Sen Thakuri/Amrita Gurung $505 Cash
Khagendra Acharya $100 Cash
Suman Basnet $200 Cash
Sujit Basnet $250 Cash
Bijaya Katwal/Simran Basnet $100 Cash
Durga Acharya $501 Cash
Pawan Shah $100 Cash
Bhim Dangal Family $500 Cash
Sekhar Acharya $100 Cash
Murali Prasad Gaujuri $101 Cash
Dhenu Acharya $100 Cash

Gita Chapagai $100 Cash
Bikram Thapa $600 Cash
Solanchak $200 Cash
Chandra / Laxmi Yonzon $1000 Cash
Pratima Devkota $100 Cash
Nepcom Services Melbourne $105 Cash
Boudha Gurung $100 Cash
Total : $18595

भिक्टोरियासहित अष्ट्रेलियामा बस्ने नेपालीहरुले रोस्कोट सामुदायिक अस्पताललाई सहयोग गर्न सक्नेछन् । यसको लागि ईजीलिंकको खातामा रकम जम्मा गरेपछि उक्त रकमलाई नेपालमा रवि लामिछाने मार्फत अस्पताललाई हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको ईजी लिंकका निर्देशक एवं अस्पताल निर्माण अभियानका अभियन्ता डीपी अर्यालले एमएनटीभीलाई जानकारी दिए । मेलबर्नमा आयोजना गरिएको च्यारिटी डिनरमा सहभागीहरुबाट विद्यार्थीबाहेक प्रतिव्यक्ति १५ डलर पनि अस्पताललाई हस्तान्तरण गरिने भएको छ ।
DONATE NOW :
Bank Name : Commonwealth Bank
Account Name: Easylink Australi
BSB: 062185
Account No. 10871190
Discription: write your name/Donation to Raskot Hospital And send screen shot to easylink email address: [email protected]

Related Articles

Back to top button
Close