समाचार

रेलबाट खसेर १ नेपालीको मृत्यु, नेपालबाट भेट्न गएकी श्रीमतिले समेत भेट्न पाएनन्

कमल रावल | जेठ १९, अछाम | भारतको मुम्बईमा रेलबाट खसेर अछामका १ जना युवाको ज्यान गएको छ । अछामको मंगलसेन नगरपालिका वडा नम्बर ८ वलिगाउ निवासि ३० बर्षिय मोहन परियारको वापिबाट मुम्बई जाने क्रममा रेलको ढोकाबाट खसेर शनिबार बेलुकि घटनास्थलमै मुत्यु भएको उहाका आफन्तले बताएका छन् ।

गुजरातको वापिमा काम गर्दै आएका मोहन आफ्नो श्रीमति डुप्कि परियार नेपालबाट आफन्तसग महाराष्ट्रको ठानेसम्म आएपछि लिनका लागि रेल यात्रा गर्दै आईरहेका थिए । घरबाट आएकि श्रीमति डुप्कि परियार भेट्न नपाउदै ठाने जाने क्रममै मुम्बईको पालघरमा उहाको मृत्यु भएको थियो ।

आईतबार पालघारमा पोष्टमार्टम भएपछि ठाने आफन्तले सब बुझेर अन्तिम दाहासस्कार गरिसकेका उनका भाई प्रबिण विकले जानकारि दिनु भयो ।

यो पनि पढ्नुहोस्
रेलले किचेर एकै परिवारका दुईको मृत्यु
यता झापाको मेचीनगर नगरपालिका–७ स्थित काँकडभिट्टाका एउटै परिवारका दुईको रेल दुर्घटनामा परी मृत्यु भएको छ । शनिबार बिहान ११ बजे भारतको बाघपुल नजीक मङ्पुमा काँकडभिट्टा निवासी ३३ वर्षीय इन्द्र श्रेष्ठ र उहाँका ११ वर्षीय छोरा रोहनको रेलले किचेर घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा इन्द्रका श्रीमती डम्बरकुमारी श्रेष्ठ घाइते अवस्थामा रहेको उनीहरुका छिमेकी पत्रकार लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो । उहाँको शरीरको पछाडिको भागमा गम्भीर चोट लागेको छ । उपचारका लागि डम्बरकुमारीलाई विराटनगरस्थित नोवेल मेडिकल कलेज भर्ना गरिएको इन्द्रका दाजु खेमराजले बताउनुभयो ।

उहाँका अनुसार जेठा छोरा १३ वर्षीय रोशुसहित बुधबार इन्द्रको चार जनाको परिवार आफ्न्त भेटघाटका लागि मावली घर टिष्टा पुगेका थिए । बिहानको खाना खाएर रेलको लिक नजीकै रूखको फेदमा शीतल तापेर बसेका इन्द्रलाई तीव्र गतिमा आएको रेलले किचेको र श्रीमती डम्बरी बचाउन जाँदा कान्छो छोरासमेत सँगै पुगेको बताइएको छ ।

आमा गएको देखेर कान्छो छोरा रोहन पछिपछि कुदेर जाँदा रेलले उनलाई पनि किचेको थियो । जेठो छोरा भने केही पर रहेकाले दुघर्टनाबाट बच्न सफल भएको परिवारजनले जनाएको छ । मृतक रोहन काँकडभिट्टास्थित लोफोफोरस अङ्ग्रेजी मावि कक्षा ६ मा अध्ययरत रहेको प्रधानाध्यापक सागर गुरुङले बताउनुभयो ।

भारतीय प्रहरीले सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी शव आफन्तलाई बुझाएको छ । भारतको एक मेडिकल कलेजमा शवपरीक्षणपश्चात् आज मात्र बाबुछोराको शव नेपाल ल्याइने भएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक महेश थापाले दुर्घटनामा मृत्यु भएको सुने पनि आधिकारिक जानकारी प्राप्त नभएको बताउनुभयो । उहाँले भारतीय प्रहरीसँग बुझ्दा घटना भएको स्वीकार गर्दै आज शव नेपाल पठाउने तयारी भइरहेको जानकारी दिनुभयो । रासस सजा सबाल सबार

Related Articles

Back to top button
Close