भिडियो

फुलन्देकी आमा बनेका उमेश राई डेटिङमा भेटिए, हेर्नुहोस यस्तो मस्ती ! (भिडियो)

काठमाडौँ – नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने मुन्द्रेको कमेडी क्लबमा नेपालका नाम चलेका चर्चित हास्य कलाकारको सहभागीता रहेको छ । हरेको सोमबार राति ९ बजे प्रसारण मुन्द्रेको कमेडी क्लबमा दीपाश्री निरौला सभापति रहेकी छिन् । भने कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देख्न सकिने छ । कार्यक्रममा राजेन्द्र नेपाली लट्टेको रूपमा देखिएका छन् भने उमेश राई फुलन्देकी आमा बनेकी छिन् । त्यस्तै राजाराम पौडेल घरबेटी बनेका छन् ।

यसैबिच क्यानडा नेपालमा उमेश राई अर्थात फुलन्देकी आमा सँग रमाइलो अन्तरबार्ता लिइएको छ । फुलन्देको आमा वास्तवमा केटा हुन् भने उनको वास्तविक नाम हो उमेश राई । उनी फुलन्देको आमा नामले परिचित छन् । उनले हामिसँग गरिएको कुराकानीमा निकै नै हँसाएका छन् । अहिले उनी एक म्युजिक भिडियोको सुटिँगमा ब्यस्त छन् । सुटिँगकै क्रममा हामीसँग कुरा गर्दै उमेश राईले अब छिट्टै नै आफ्नो अभिनय रहेको नयाँ म्युजिक भिडियो बजारमा आउने बताएका छन् । भिडियोमा हेर्नुहोस् फुलन्देको आमासँग हामीले गरेको यो रमाइलो कुराकानी

Related Articles

Back to top button
Close