समाचार

धाेबीघाटमा ‘भयानक’ दुर्घटना : नुवाकोटका चन्द्रमणी मुडभरीसहित दुईको मृत्यु

काठमाण्डौ । ललितपुरको धोबिघाटमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना पत्रकार पनि छन् ।

मृतक नुवाकोटका २८ वर्षीय मुडभरी
बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार नुवाकोट बेल्काेटगढीका २८ वर्षीय चन्द्रमणि मुडभरी र गोदावरी, ललितपुरका ४० वर्षीय गोबिन्द घिमिरे शर्मा रहेको नर्भिक अस्पतालले जानकारी दिएको छ ।
दुर्घटनामा परेका घिमिरे नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष हुन् । केही समय अघिसम्म कृषि टेलिभिजनमा काम गरेका उनी पछिल्लो समय युट्युब च्यानल ‘किसान’ सञ्चालन गर्थे । गोदारवारी, ललितपुर निवासी उनी लामो समयदेखि रेडियाे पत्रकारको रूपमा पनि सक्रिय थिए।

दुर्घटनाका घाइतेलाई प्रहरीले तत्कालै मेगा अस्पताल पुर्‍याएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थापाथलीस्थित नर्भिक अस्पताल ल्याइएको थियो। नर्भिक अस्पतालले दुवैलाई मृत घोषणा गरेको छ।
दुईवटा जीप एकआपसमा जुध्दा माेटरसाइकलमा ठक्कर पुगेकाे प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीकाअनुसार सुरुमा दुई जीप ठोक्किएर अनियन्त्रित भएका थिए। अनियन्त्रित जीपमा अर्को एउटा जीप र मोटरसाइकल आएर ठोक्किन पुगेको थियो।
दुर्घटनामा परेको महेन्द्र स्कोर्पियो गाडीको अगाडिको भाग ध्वस्त छ । मोटरसाइकलमा क्षति पुगेको छ।

Related Articles

Back to top button
Close