समाचार

धमलाको फेरि अर्को काण्ड

पत्रकार ऋषि धमला बेलामौका चर्चामा आइरहन्छन् ।

उनी सक्रिय पत्रकारका रुपमा चिनिन्छन् ।
२०४९ सालबाट रिपोर्टस क्लव नेपालको स्थापना गरेका धमला निरन्तर रुपमा लागिरहेका छन् । केही दिनअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग अन्तरवार्ता लिएका धमलाले प्रचण्डबाट सत्य कुरा ओकल्न लगाएका छन् । प्रचण्ड निवासमा नै अन्तरवार्ता लिन पुगेका धमलालाई प्रचण्डले अब प्रधानमन्त्री बन्ने आफ्नो पालो आएको बताएपछि राजनीतिमा अर्को तरंग उत्पन्न भएको छ । धमला अन्तरवार्ता लिँदा जसलाई पनि अप्ठेरो पारेर केही भित्री कुरा लिन खोज्छन् । प्रधानमन्त्री ओलीले सत्ता छोड्नुपर्ने प्रचण्डको भनाई आएपछि यसलाई धेरैले सत्य कुरा भनेका छन् ।

ओली प्रधानमन्त्री बन्ने बेलामा पनि ओली र प्रचण्डबीच गोप्य सहमति भएको थियो । तर सहमति के भएको थियो भन्ने २ जनाबीच अरुलाई थाहा छैन । प्रचण्ड त्यही बाटो पर्खेर बसेका छन् । जनताका पक्षमा भद्र सहमति भएको भए जनतालाई फोटोकपी गरेर बाँडेको भए हुन्थ्यो तर ओली र दाहालले आफ्ना लागिमात्र सेटिङ मिलाएपछि पार्टी नेतृत्वमा समेत अलमल छाएको छ ।

अहिलेसम्मको अवस्था हेर्दा ओली कुनै पनि हालतमा दाहाललाई प्रधानमन्त्री छोड्ने पक्षमा छैनन् । ओली प्रधानमन्त्रीको गाडीमा हुँइकिएको मात्र हेरेर पक्कैपनि प्रचण्ड बस्लान् भन्ने अनुमान लाउन सकिँदैन । अनि यो बेलामा भने २ जनाको खटपटले पार्टीका अर्को तरंग आउन सक्छ । प्रचण्डले बोलिसकेपछि ओलिका अरौटेभरौटेहरु समेत अत्तालिएका छन् भने प्रचण्ड पक्षधर खुशी भएका छन् ।

Related Articles

Back to top button